Comments Add Comment

चलचित्र चलोस् भन्दै मन्दिर पुगे नायक

saiyam-puriचलचित्र दर्शकका कारण चल्छ । दर्शक हलसम्म आएको खण्डमा निर्माताले लगानी सुरक्षीत गर्छन् भने कलाकारले पनि आफ्नो भाग्य चम्काउछन् ।

तर, नेपाली चलचित्रका निर्माता तथा कलाकार भगवान भरोसामा पनि चल्ने गर्छन् । चलचित्रको नाम जुराउनेदेखि प्रदर्शन गर्नेसम्मका कुरामा उनीहरु ज्योतिषको भर पर्छन् ।

पौष २५ गतेबाट चल्न लागेको चलचित्र ‘आभाष’का नायक संयम पुरी पनि खोटाङको हलेसी महादेवको मन्दिर पुगेका छन् ।

‘आभाष’को पोष्टर बोकेर उनी मन्दिरमा पुगेका हुन् । उनले चलचित्र चलोस् भन्दै पुजा गरेको जनाएका छन् ।

संयमको चलचित्र ‘पुन्टे परेड’ व्यापारिक रुपमा असफल भएपछि उनलाई ठूलो घाटा लागेको छ । यही कारण पनि उनका लागि यो चलचित्र चल्नु आवश्यक छ । संयम पनि यो चलचित्रबाट धेरै आशा गरेको बताउँछन् ।

यो चलचित्रमा उनको साथमा निशा अधिकारी, सलोन बस्नेत, आश्मा डीसी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रले प्रेममा आउने उतारचढाव, आकर्षण र मस्तीको कथा भन्नेछ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment