+
+
Shares

रजनीकान्तको ‘लिंगा’सँग नेपाली ‘विधुवा’

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ११ गते १०:२४

linga

आज शुक्रबार नेपालका हलमा २ चलचित्र प्रदर्शनमा आएका छन् । जसमा मनोज श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘विधुवा’ र साउथ इन्डियन सुपरस्टार रजनीकान्तको ‘लिंगा’ छन् ।

चलचित्र ‘विधुवा’लाई गिरिप्रसाद सुनारले निर्माण गरेका हुन् । चलचित्रमा दीलिप रायमाझी, सरु घिमिरे, मनोज श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रले सामाजिक कथालाई उठान गरेको छ ।sonu-ghimire

यस्तै, आजैबाट चलचित्र ‘लिंगा’ पनि हलमा लागेको छ । साउथका चर्चित नायक रजनीकान्तको एक्सनले भरिएको यो चलचित्रमा सोनाक्षी सिन्हा पनि छन् । यो चलचित्रलाई नेपालमा दर्शना आट्सले वितरण गरेको हो ।

चलचित्रले गत हप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘पीके’लाई पनि असर पुर्‍याउने विश्लेषण धेरैको छ । तामिल भाषाको यो चलचित्रले भारतका केही प्रान्तमा मात्र ३ दिनमा १ सय करोड कमाएर नयाँ रेकर्ड बनाएको थियो । यो चलचित्रलाई हिन्दी भाषाबाट भारत र नेपालमा प्रदर्शन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?