Comments Add Comment

सलमानको ७, साहरुखको ५ फिल्म सय करोडमाथि

100 coror actor
बलिउड बजारमा हिजोआज एक सय करोड भन्दा कम व्यापार गर्ने चलचित्रको चर्चा नै हुन छाडेको छ । सय करोड क्लबलाई अब विस्तारै २ सय करोडले विस्थापित गर्न थालिसकेको छ । तर, पनि २ सय करोड क्लबमा ३ खानको मात्र वर्चस्व देखिन्छ ।

बलिउडमा सय करोडको सुरुवात आमिर खानको ‘गजनी’ चलचित्रबाट भएको हो । यसपछि, बलिउडमा आजसम्म ३५ वटा चलचित्रले सय करोड माथिको व्यापार गरिसकेका छन् । सय करोडको दबाबका कारण बलिउडमा मसला चलचित्रले बढी स्थान पाएका छन् । कलाकारहरु पनि व्यापारको दबाबका कारण मसला चलचित्रलाई स्थान दिनु परेको स्विकार गर्छन् ।

सन् २०१३ मा ८ वटा चलचित्रले सय करोड माथिको व्यापार गरेका थिए भने यो बर्ष ९ वटा चलचित्रले सय करोड माथिको व्यापार गरेका छन् ।
एउटा मात्र चलचित्र सय करोडको क्लबमा उभ्याउन सफल कलाकारको संख्या धेरै छ । तर, हामीले माथिको तालिकामा एउटा मात्र चलचित्रले सय करोड कमाएका कलाकारलाई समावेश गरेका छैनौ ।

बर्षमा डेढ सय भन्दा धेरै चलचित्र बलिउड बजारमा प्रदर्शनमा आउँछन् । तर, यसमा केही चलचित्र मात्र सफल भएका छन् । बलिउडमा सय करोडको दबदबा नाम चलेका कलाकारको मात्र देखिन्छ । अझ, यसमा पनि खानहरुले सबैलाई उछिनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment