मुम्बई । नौ वर्ष पुरानो चुम्बन प्रकरण भुल्दै गायक मिका सिंह र राखी सावन्तले दोस्तीको हात बढाएका छन् ।
प्रदर्शोन्मुख फिल्म ‘मुम्बइ कौन डान्स साला’ को प्रमोशनको अवसरमा आयोजित कार्यक्रममा राखी र मिकाको भेट भएको थियो ।
उनीहरुले एक अर्काविच गला मिलाएर सम्बन्ध सुमधुर भएको ब्यबहार प्रस्तुत गरेनन् मात्रै राखीले मिकालाइ एउटा घडी उपहार समेत दिइन् ।
यस्तो थियो चुम्बन प्रकरण
सन २००५मा मिकाको जन्मदिनको पार्टीमा राखी पनि उपस्थित थिइन् । कार्यक्रम चल्दै थियो मिकाले एक्कासी राखीलाइ चुम्बन गरे ।
चुम्बन प्रकरणपछि राखीको निकै आलोचना भयो । उनिहरुको दुरी बढेको पनि यहि घटना पछि हो ।
त्यसपछि केही समय उनीहरु बोलचालै बन्द गरेर बसे । सन २०१४ मा राखीले राजनितीमा प्रवेश गर्ने प्रयाश गरेकी थिइन् । तर, उनको राजनीतिक यात्रा त्यति सुखद रहेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4