काठमाडौं । अभिनेता भुवन केसीले यस वर्षको क्रिसमस अपाङ्गता भएका बालबालिकासँग मनाएका छन् । वाललालिकाको विचमा पुगेका केसीले विभिन्न फिल्मी प्रसंग सुनाएका थिए ।
सहभागी वालवालिकाले भने विभिन्न चलचित्रको गीत सुनाएका थिए ।
शारिरिक रुपमा अपाङ्गता भएका ५२ वालवालिकाको विचमा पुगेका केसीले वालवालिकासँग भेटदा निकै रमाइलो लागेको बताए ।
‘धेरै पछि वालवालिकाहरु नेपाली फिल्मप्रति कति क्रेजी रहेछन् भन्ने कुरा थाह पाएँ ।’ केसीले भने ।
बुङमतीस्थित ‘अपाङ्ग सेवा संघ’ले गरेको कार्यक्रममा अतिथि बनेर गएका केसीले वालवालिका विचमा बसेर कुरा गर्दा रमाइलो लाग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4