Comments Add Comment

यी हुन् सवैभन्दा महंगा हिरोइनहरु जसले करोडौं पारिश्रमिक लिन्छन्

फिल्म एवं विज्ञापनमा काम गरे वापत हिरोइनले लिने पारिश्रमिकले पनि उनीहरुको स्तर निर्धारण गर्ने गर्छ । जतिधेरै पारिश्रमिक लियो त्यति नै प्रतिष्ठा हाँसिल हुने मान्यताका कारण पनि विश्वभरका हिरोइनले आफुले लिएको पारिश्रमिकको अंक लुकाउँदैनन् ।
बलिउडदेखि हलिउडसम्मका केही हिरोइनको कमाइवारे ‘टाइम्स अफ इण्डिया’ले संकलन गरेका केही तथ्य-

deepika-padukone
दीपिका पादुकोण- नौ करोड
दीपिका पादुकोण अहिले बलिउडकी सबै भन्दा महंगी हिरोइन हुन् । उनले अभिनय गरेको फिल्म ‘ह्याप्पी न्यु इयर’ ले बक्स अफिसमा धुम मच्चाएको थियो ।
अहिले दीपिका एउटा फिल्ममा काम गरे वापत ८ देखि ९ करोड भारु पारिश्रमिक लिन्छिन् ।

Karina-Kapur
करिना कपुर-साढे आठ करोड
करिना कपुर पनि महंगी कलाकार मध्ये एक हुन् । पछिल्लो समय करिना अभिनित फिल्मले खासै कमाल गर्न सकेको छैनन् ।
तर, पनि बजारमा उनको प्रभाव कायमै छ । सैफ अलि खानसँग बिबाह गरेकी करिनाले ८ देखि ८.५ करोड भारु लिने गरकी छिन् ।

priyanka-chopra

प्रियंका चोपडा- ८ करोड
पूर्व मिस वर्ल्डसमेत रहेकी पि्रयंका चोपडा पनि बलिउडमा धेरै पारिश्रमिक लिनेमध्ये पर्छिन् । पछिल्लोपटक ‘मेरी कोम’ मा काम गरेपछि निकै चर्चा पाइन् पि्रयंका चोपडाले ।
पि्रयंकाले अहिले एउटा चलचित्रमा काम गरे वापत ८ करोड पारिश्रमिक लिने गरेकी छिन् ।

kerry-wasigton
केरी वासिङटन- ६० लाख डलर
हलिउड अभिनेतृ केरी वासिङटनले एउटा चलचित्रमा काम गरेवापत ६० लाख डलर पारिश्रमिक लिने गरेकी छिन् । गत वर्ष मात्रै उनले आफ्नो पारिश्रमिक दोब्बर बनाएकी थिइन् ।

cobie
कोबी स्मल्डर्स- १ करोड डलर
कोबी स्मल्डर्स अहिले पनि एउटा फिल्ममा काम गरेको १० मिलियन डलर लिन्छिन् । गएको वर्ष उनको लागि निकै लक्कि साबित भयो ।
सिबीएस सिटकमको पछिल्लो एपीसोडमा काम गरेवापत उनले प्रति एपीसोड तीन लाख ४० हजार डलर लिएकी थिइन् ।
आम्दानी बढेको बढ्यै
ओइ डेश्चाल पनि हलिउडकी महंगी कलाकार हुन् । उनि एउटा फिल्ममा काम गरे वापत ६ मिलियन डलर लिन्छिन् ।कर्टनी कक्सले पनि ६० लाख डलरकै हाराहारीमा पारिश्रमिक लिने गरेकी छिन् । गएको वर्ष राम्रै कमाइ गरेकी कर्टनीको कुल आम्दानी हरेक वर्ष बढ्ने गरेको छ ।
गएको वर्ष खासै राम्रो काम गर्न सकिनन् क्लेयर डेन्सले । तर, उनले प्रति फिल्म ५० लाख डलरको हाराहारीमा रकम लिंदै आएकी छिन् ।
एक एपीसोडको तीनलाख डलर
एलीसन हंगीशन पनि एउटा फिल्ममा काम गरेवापत ९५ लाख डलरसम्म पारिश्रमिक लिन्छिन् । एजआइएमवाईएम को नवौ श्रृङ्खलामा काम गर्दा उनले प्रति एपीसोड तीनलाख ४० हजार डलर लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment