+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दश महिनामा ४० लाख हवाई यात्रु

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १६ गते १६:४७

१६ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने यात्रुहरुको संख्या बढेको छ । सन् २०१४ को पहिलो दश महिनामा नेपाली आकाशमा यात्रा गर्ने यात्रुहरु करिव ७ प्रतिशतले बढेका छन् ।

दश महिनामा ४० लाख ७९ हजार आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुहरु त्रिभुवन विमानस्थलबाट आवागमन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा त्रिभुवन विमानस्थलबाट ३८ लाख २६ हजार यात्रु आवागमन गरेका थिए ।

Tribhuvan_International_Airसमग्र यात्रुको संख्या बढेपनि आन्तरिक उडान गर्ने यात्रुहरु भने ५.७२ प्रतिशतले घटेको पाइएको छ । अन्तर्राष्ट्रिय यात्रुको संख्या १२.७३ प्रतिशतले बढ्न जाँदा समग्र यात्रुसंख्यामा वृद्धि देखिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिस चन्द्रलाल सुमनका अनुसार दश महिनाको अवधिमा २८ लाख ८५ हजार अन्तर्राष्ट्रिय हवाई यात्रुको आवागमन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २५ लाख ५९ हजार यात्रुको आवागमन भएको थियो ।

अघिल्लो वर्षको दश महिनामा १२ लाख ६६ हजारले आन्तरिक उडान गरेकोमा यस वर्षको सोही अवधिमा जम्मा ११ लाख ९४ हजार यात्रुले आन्तरिक यात्रा गरेका छन् । जुन संख्या करिव ७३ हजारले कमि हो ।

दुर्गम पहाडी छोटा धावन मार्गहरुमा उडान गर्ने एयक्राफ्टहरुको संख्यामा कमी आउँदा आन्तरिक हवाई यात्रुको संख्यामा गिरावट आएको महानिर्देशक सुमनले बताए ।

समुनका अनुसार दुर्गम पहाडी क्षेत्रमा सडक यातायातको सञ्जाल विस्तार हुनु र मुलुकमा शान्ती छाएपछि यात्रुहरुले भूमार्ग प्रयोग गर्न थाल्नु पनि आन्तरिक हवाई यात्रु घटाउने मुख्य आधार बनेको हो ।

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई ट्राफिक आवागमन अवस्था अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले विश्वव्यापी तथा एशिया प्रशान्त क्षेत्रका लागि प्रक्षेपण गरेको वृद्धिदर भन्दा बढी रहेको सुमनले दाबी गरे ।

दश महिनाको अवधिमा भित्रुभन विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयान आवागमन १६.०४ प्रतिशत र कार्गो ढुवानी १९.३५ प्रतिशतले बढेको छ । उता आन्तरिक वायुयान आवागमन ०.३४ प्रतिशतले घटेको छ । वायुयान आवागमन घटेपनि कार्गो ढुवानी भने २१.९६ प्रतिशतले बढेको बताइएको छ ।

एयर ट्राफिक व्यवस्थापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रोसुडियर बेस्ड नेभिगेशन (पीबीएन) प्रणाली अन्तरगतको रिक्वायर्ड नेभिगेसन प्रफोमेन्स अथोराइज्ड रिक्वायर्ड (आरएनपीएआर) एप्रोच प्रोसुडियर २०१२ लागू भएपछि कतार, कोरियन, सिल्क, ड्रुक र टर्किस एयरले यस प्रणालीबाट अवतरण गराइरहेका छन् ।

प्राधिकरणका अनुसार मलेशियन एयरलाइन्सले यही प्रविधिबाट अवतरणका लागि अनुमति पाइसकेको छ भने अन्य एयरलाइन्स कम्पनीहरुले प्राधिकरणसँग समन्वय गरिरहेका छन् ।

विमानस्थलमा फ्लाइट डिले हुने समस्या समाधान गर्न एयरवस प्रोस्की सहयोगमा डिजाइन गरिएको ‘आरएनपी एआर राइट टर्न मिस्ड एप्रोच प्रोसुडियर’ लागू हुने क्रममा रहेको महानिर्देशक सुमनले बताए । यसबाट ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।

हवाई सुरक्षा

युरोपियन यूनियनको कालोसूचीबाट हट्नका लागि प्राधिकरणले सुधारका कामहरुलाई तिब्रता दिएको महानिर्देशक सुमनले बताए ।

आइकाओको सुझावलाई समेत मध्यनजर गदरी त्रिभुवन विमानस्थलमा तीनवटा एक्सरे मेसिन जडान गरेको, कार्गो भवनतर्फ दुईवटा नयाँ एक्सरे मेशिन जडान गरेको, थप ५५ वटा सीसी क्यामेरा जडान गरी २३४ पुर्‍याएको उनले जानकारी दिए ।

आय-व्याय

प्राधिकरणले आर्थिक वर्ष २०७०/०७१ मा ३ अर्ब ६० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यस वर्ष प्राधिकरणले ४ अर्ब ११ करोड ३१ लाख रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।

विमानस्थल विकास शुल्क साउन १ गतेदेखि लागू भएको हूँदा अन्तर्राष्ट्रिय यात्रा गर्ने याुत्रबाट एक हजारका दरले उठाउँदा थप १ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण प्राधिकरणको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०६८/०६९ मा खुद संचित नाफा ७१ करोड २९ लाख गरेकोमा २०६९/०७० मा एक अर्ब ८ करोड ५५ लाख र २०७०/०७१ मा एक अर्ब ४१ करोड ५५ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?