Comments Add Comment

भारतमा सर्वाधिक कमाउने फिल्म बन्यो ‘पिके’

pk poster
मुम्बई । हिन्दी फिल्म पिके बिरुद्ध अहिले पनि भारतकै कतिपय स्थानमा प्रदर्शन जारी छ । १९ डिसेम्बरदेखि प्रदर्शनमा आएको यो फिल्मले २ सय ७८ करोड कमाई गरेर अहिलेसम्मको रेकर्ड तोडेको छ । अमिरकै अघिल्लो फिल्म धुम ३ ले २ सय ७१ करोड कमाई गरेको थियो ।
विभिन्न एजेन्सीले उल्लेख गरे अनुसार पिके आजसम्मको भारतमा बनेको सबै भन्दा धेरै कमाई गर्ने फिल्मको रुपमा चिनिएको छ ।
राजकुमार हिरानी निर्देशित यस फिल्मले हिन्दुधर्मको अपमान गरेको आरोप केही धार्मिक संगठनले लगाएका छन् । तर, निर्देशक हिरानीले सबै धर्मको सम्मान गरेको धारणा राख्दै आएका छन् ।
यो फिल्ममा अमिर खान, सञ्जय दत्त, अनुश्का शर्मा लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment