Comments Add Comment

सुमनदेखि आयुषसम्मः गुमनाम हटकेक हिरोहरु !

ramit suman
समय आउँछ पर्खदैन, बगेको खेला र्फकदैन भन्ने नेपाली उखानै छ । यो उखानको सार हो- अबसर वा समय आएका बेला राम्रो गरेनौ भने फेरि तिम्रा दिन फर्केर आउँदैनन् ।
लाग्छ, समयको गति अन्य क्षेत्रमा भन्दा फिल्म उद्योगमा तिब्र छ । जसले गर्दा कलाकार आउने र हराउने क्रम तिब्र हुन्छ ।
नेपाली चलचित्र क्षेत्रमा यस्ता केही कलाकार छन जसले केही समय चमकधमक देखाए पनि अहिले गुमनामजस्तै भएका छन् ।
गत बर्षसम्म पनि नायक सुमन सिंहका चलचित्र हलमा एक पछि अर्को रिलिज हुन्थे । चलचित्र अफर देखेरे दंग परेका सुमन पनि पाएजति सवैमा काम गर्न थाले । छोटो होस् या लामो, जस्तो भूमिकामा पनि सुमनले आफूलाई देखाउन थाले ।
तर, उनले अनुहार देखाएका सवैजसो फिल्म एकपछि अर्को फ्लप भएपछि निर्माता निर्देशक उनीसँग डराउन थाले । आजकल सुमन पर्दाबाट ओझेल परिसकेका छन् । चमकधमकपूर्ण फिल्म उद्योगमा ओरोली लागेको सुनमलाई खोज्ने फूर्सद कसलाई मिलोस् ?
एक्सन नायकको रुपमा उदाउँदै गरेका नायक आयुष रिजाल पनि अहिले गुमनाम छन् । छिटफुट भोजपुरी फिल्ममा देखिए पनि आयुष नेपाली चलचित्रका लागि विरानो बन्न थालेका छन् । उनका चलचित्र हलमा नलागेका धेरै समय भैसकेको छ ।aius
म्यूजिक भिडियो, टेलिभिजन हुँदै आयुष चलचित्र नगरीमा होमिएका हुन् । उनले अभिनय गरेको पहिलो चलचित्र हिफाजत हिट भयो । यसपछि आयुषले पनि थुप्रै चलचित्रमा काम गरे । विशेष गरी उनलाई एक्सनमा उतार्न निर्माता निर्देशक अघि सरेका थिए । तर, नेपाली चलचित्र क्षेत्रमा कस्ता चलचित्र चल्छन् भन्ने ठम्याउन नसक्दा उनी पनि लामो समय टिक्न सकेनन् ।
नायक रमित ढुंगानाका लागि पनि चलचित्र करियर सन्तोषजनक रहेन् । रमितले अभिनय गरेको पहिलो चलचित्र ‘माया नमार’ले राम्रै सफलता पाएको थियो ।
रमितको आगमन हुँदा चलकेटी नायकले लामो समयसम्म चलचित्र बजारमा खान्छ भन्नेहरु पनि थिए । उनी आफै पनि फिल्मी करियरप्रति ज्यादा आशावादी देखिन्थे ।
तर, ‘मुग्लिन पारी तरेर गण्डकी’ बोलको गीतमा रमाएका दर्शक उनका अरु चलचित्रबाट रमाउन सकेनन् । अन्ततः माया नमारबाट एकाएक उदाएका रमित यतिबेला दर्शकले माया मारेपछि परिवारसहित अमेरिकातिर बसाई सरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment