Comments Add Comment

सौता बन्न राजी बलिउडका ‘हट’ हिरोइन

‘सौता’ महिलाहरु लागि सबै भन्दा अप्रिय शब्द हो । विश्वभरका महिलाहरु हर कुरा स्वीकार्न तयार होलान् तर, दोस्री महिलालाई आफ्नो सौताको रुपमा स्वीकार्न तयार हुँदैनन् ।

विचित्र छ स्वभाव । आफ्नो सौताको रुपमा कसैलाई स्विकार गर्ने नसक्ने तिनै महिला आफु भने ‘सौता’ बनेरै भित्रेका छन् । ‘टाइम्स अफ इण्डिया’ ले बलिउडका केही हट हिरोइनको सूची तयार पारेको छ जो हाँसी खुसी सौता बनेर भित्रन तयार भए ।

करिना कपुर
अमृता सिंहसँग बिबाह गरको १३ वर्षपछि सेफअलि खान फेरी बेहुला भए । बलिउडकी हट अभिनेत्री करिना कपुरसँग दोस्रो बिहे गरेका सेफ दुई सन्तानका बाबु समेत हुन् ।  हिन्दी फिल्म ‘टशन’ मा काम गर्दा करिना सेफविच प्रेम सुरु भएको थियो । उनीहरुले प्रेम सुरु भएको ५ वर्षपछि सन् २०१२ मा बिबाह गरेका थिए ।

saif-karinaबिद्या बालन
ब्यबसायी सिद्धार्थ राय कपुरसँग बिबाह गरेकी विद्या वालन पनि सौता बन्न गएकी हुन् । एक फिल्मको सुटिङको क्रममा भेट भएको उनिहरुले पनि सन २०१२ मा एक निजी समारोहका विच मुम्बइमा बिबाह गरेका थिए ।

bidhyaशिल्पा सेठ्ठी
ब्यबसायी राज कुन्द्राकी श्रीमति बनेकी शिल्पा शेट्ठीमाथी पनि राज र उनकी पुरानी श्रीमति कवितालाई छुट्याउन भुमिका खेलेको आरोप लाग्ने गरेको छ । कबितासँग पहिलो बिहे गरेका राज ले उनीसँग सम्बन्ध बिच्छेद गरेर शिल्पालाई दोस्री श्रीमतिका रुपमा भित्रयाएका थिए ।

silpaलाराले सबिताको घर भत्काइन्
भारतीय टेनिस स्टार महेश भुपतिको श्रीमति बनेकी लारा दत्तले पनि मोडल सबिता जयशंकरको घर भत्काएकी थिइन् । लाराकै कारण महेश र सबिताको सम्बन्ध विच्छेद भएको अनुमान गरिन्छ । तर, लारा महेशसँग आफ्नो भेट हुनु अघि नै सबितासँग उनको सम्बन्ध बिग्रेको दाबी गर्छिन । महेश र लाराको सन् २०११ मा बिबाह भएको थियो ।

128855-lara-dutta-and-mahesh-bhupathi-at-music-launch-of-chalo-d
करिष्मा पनि ‘कान्छी’
करिष्मा कपुर र अभिषेक बच्चनविच बिहे हुने कुरा हुँदा हुँदै सम्बन्ध बिच्छेद भयो । बिबाह हुन अगाडी नै सम्बन्ध बिच्छेद गरेकी करिष्मा कपुर मुम्बईका प्रसिद्ध ब्यबसायी सञ्जय कपुरको कान्छी श्रीमति हुन त गइन् । तर, उनलाई सधै साथ दिन सकिनन् । एक छोरी आमा बनेकी करिष्मा अहिले एक्लै बस्छिन् ।

karishama kapur

सहनिर्देशकलाई भित्राए अमिरले

लगान निर्माणका बेला भेट भएको थियो आमिर खान र किरण रावको । फिल्मको सहायक निर्देशक समेत रहेकी किरणले अमिरलाई लिफ्ट दिएकै कारण अमिरले १५ वर्ष पुरानो बैबाहिक सम्बन्ध टुटाएका थिए । पहिली श्रीमति रीना दत्तसँग सम्बन्ध बिच्छेद गरेर किरणसँग बिहे गरेका थिए उनले ।

aamir-kiran

श्रीदेवी

निर्माता बोनी कपुरले अभिनेत्री श्रीदेबीलाई कान्छी श्रीमति बनाए पनि उनकी जेठी श्रीमति मोना सुरीले घर छोडिनन् । बच्चाहरु साना भएको भन्दै बोनीका बुबा आमाले घरमै बस्न आग्रह गरेपछि मोना बोनीकै घरमा बसिन् ।

हेमा मालिनीदेखि शवाना आजमीसम्म कान्छीमै रमाए
धर्मेन्द्रले हेमा मालिनीसँग बिहे गर्नकै लागि धर्म हिन्दुवाट मुस्लिम धर्म अपनाएका थिए । त्यसो त पहिलो श्रीमतिलाई फकाएर सम्बन्ध बिच्छेदका लागि राजी गराएका थिए । dharmendra and hema
अभिनेत्री मधुवालाको सौन्दर्य अहिले पनि उत्तिकै चर्चित छ बलिउडमा । किशोर कुमारसँग मधुवालाको प्रेम भएपछि किशोर कुमारले श्रीमति रुमा गुहासँग सम्बन्ध बिच्छेद गरेका थिए ।
अभिनेत्री शवाना आजमीसँग प्रेम भएपछि प्रसिद्ध कबि एवं लेखक जावेद अख्तरले श्रीमति हनी इरानीसँग सम्बन्ध बिच्छेद गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment