+
+
Shares

सुष्माले धोका दिएपछि ‘मापसे’मा हट सगुन

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २० गते ११:२१

sagun-and-suvechya
नायिका सुष्मा कार्कीले आउँछु भनेर नआएपछि निर्देशक राजु गिरी शनिबार १२ बजेसम्म पनि तनावमा थिए । सुष्मालाई हट अवतारमा प्रस्तुत गर्दै उनले चलचित्र ‘टाइगर द रियल हिरो’ नामक चलचित्रको ‘मापसेले मार्‍यो’ बोलको गीत छायांकन गर्ने तयारी गरेका थिए । तर, सुष्मा कार्कीले मोबाइल अफ गरिदिएपछि निर्देशक अप्ठ्यारोमा परेका हुन् ।

शुभेच्छा थापा, अशोक फुयाँल लगायतका कलाकारलाई नचाएपनि राजु सुष्माको ठाउँमा नृत्य गर्ने यूवती नपाएर तनावमा देखिए । तर, मोडल सगुन शाही १२ बजे खबर गर्दा पनि नृत्य गर्न तयार भइन् ।

माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई राजु आफैले निर्माण गरेका हुन् । उनले यो गीतमा सगुन र शुभेच्छालाई हट अबतारमा नचाएका छन् । यही गीतका कारण चलचित्र चल्नेमा राजु ढुक्क देखिएका छन् । sagun-sahi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?