+
+
Shares

खोटाङको प्रतिभा उजागर गर्न ‘नमस्ते खोटाङ’

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २० गते १२:१७

halesi
खोटाङमा ‘नमस्ते खोटाङ’को आयोजना गरिने भएको छ । खोटाङमा लुकेर रहेका प्रतिभा प्रस्फुटन, पर्यटन प्रवर्द्धन र कला संकृतीको विकासका लागि कार्यक्रम गर्न लागगिएको हो । सगरमाथा जनसेवा समाज नेपाल अर्खौलले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

पर्यटकियस्थल हलेसी नजिकै रहेको अर्खौलेको सालापाचौंरमा कार्यक्रम गर्ने तयारी गरिएको हो । खोटाङमा रहेका पर्यटकिय स्थल, त्यहाँका कला-संकृतीका विकासका साथै यो क्षेत्रलाई गन्तव्यस्थलको रुपमा विकास गर्न कार्यक्रम गर्न लागिएको संयोजक प्रकाश पुरीले बताएका छन् ।

कार्यक्रममा नायक राजेश हमालदेखि नेपाली चलचित्र र कला क्षेत्रका चर्चित व्यक्तीहरुको सहभागीता रहनेछ । माघ २० गतेदेखि २ गतेसम्म चल्ने ‘नमस्ते खोटाङ’ कार्यक्रममा विभिन्न पर्यटकीय स्थलहरुको तस्बिर प्रदर्शनी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विभिन्न प्रस्तुती, नेवार समुदायको लाखे, राइ समुदायको साकेला, विभिन्न जनजातीको झाँकी प्रदर्शनी, भलिबल प्रतियोगीता लगायतका कार्यक्रम गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?