Comments Add Comment

अफयेरका कारण मेरा फ्यान घट्दैनन्ः नीता ढुंगाना

नायिका नीता ढुंगाना यतिबेला अमेष भण्डारीसँगको प्रेमका कारण चर्चामा छिन् । केही बर्षदेखिको प्रेमलार्इ हालैमात्र उनले सार्वजनिक गरिन । प्रेम स्वीकारोक्तिसँगै यो जोडी सार्वजनिक कार्यक्रमहरूमा सँगै देखिन थालेको छ ।

प्रेम प्रसङ्ग सार्वजनिक भएसँगै खासगरी नायिकाहरूका फ्यान कम हुने र फिल्म चल्ने वा नचल्ने बिषयमा त्यसले  असर पार्ने गरेको देखिन्छ । त्यही मनोबिज्ञानका कारण अक्सर नायिकाहरू अाफ्नो प्रेमसम्बन्ध गोप्य राख्न चाहान्छन् । नेपाली फिल्म उद्योगको भर्‍याङ चढ्दै गरेकी नीताले पनि कतै यस्तै नियति भोग्ने त हैनन् ?

तर, नीता भने आफ्नो करियरलाई प्रेम प्रसङ्गले कुनै असर नगर्नेमा ढुक्क देखिइन् ।

‘प्रेम र चलचित्र दुई पाटा हुन् । मलाई लाग्दैन प्रेममा परेकी नायिकाको फ्यान कम हुन्छन्’-ढुंगानाले भनिन् । उनको वुझाइमा विश्वका हरेक चलचित्र उद्योग प्रेममा परेका कलाकार सफल देखिएका छन् ।

neeta-with-her-beloved-1

गतबर्ष ‘छ एकान छ’मा काम गरेकी यी नायिका यो बर्ष दुर्इवटा चलचित्रमार्फत् दर्शकमाझ आउँदैछिन् ।

नीताको फिल्मी करियर त्यति निराशाजनक छैन् । गत बर्ष नोटबुक र ६ एकान ६ मार्फत नेपाली रजतपटमा जमेकी नीताले यो साल पनि कम्तीमा एउटा हिट फिल्म दिने योजनामा छिन् ।

‘नोटबुक, छ एकान छ’ हिट भए । यो बर्ष पनि म एउटा हिट चलचित्र दिन चाहन्छु ।’ नीताले अनलाइनखबरसँग भनिन् ।

‘धुन र भुल भूलैया’ यो बर्ष नीताका प्रदर्शन हुन लागेका चलचित्र हुन् । हिट चलचित्रले निर्मातालाई फाइदा त पुग्छ नै, आफूलाई पनि काम पाउन सजिलो हुने उनले अनुभव छ ।

‘फिल्म असफल हुँदा ‘फ्लप र अभागी’ जस्ता शब्दले घेरिनु पर्छ । यसैले असफल होस् भन्ने चाहना कसैको पनि हुँदैन’ नीताले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment