Comments Add Comment

‘मुड फ्रेस’ बनाउने ‘जिन्दगी रक्स’

zindagi-rocks
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जिन्दगी रक्स’को आज प्रेस शो गरिएको छ । काठमाण्डौको बीग मुभिजमा गरिएको प्रेस शोमा पुगेका अधिकांश रंग पत्रकारले यो चलचित्रलाई राम्रो भनेका छन् ।

विशेषगरि चलचित्रको प्रस्तुतीले समय बितेको पत्तै नभएको धेरैको भनाई छ । ४ जना साथी र उनीहरुको यात्राको कथा भन्ने यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

चलचित्रका अधिकांश कलाकार प्रेश शोमा पुगेका थिए । चलचित्र हेेरेर निस्किएका दर्शक र संचारकर्मीले मुड फ्रेस बनाउने ‘जिन्दगी रक्स’ भनेका छन् । काठमाण्डौका १७ र मोफसलका ४० वटा हलमा लागेको यो चलचित्रले सुरुवातका ३ दिनमा राम्रो व्यापार गरेको निर्माणपक्षले दाबी गरेको छ ।

काठमाण्डौका मल्टिप्लेक्समा चलचित्रलाई दर्शकले रुचाएका छन् । अकेषा बिष्ट, सौरमराज तुलाधर, सोनम पाखि्रन, ऋचा शर्मा, राजेन्द्र खड्गी लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment