Comments Add Comment

सलमानको फिल्म खेलाइदिने भन्दै गौहरले आफैलाई थप्पड हान्न लगाइन्

gahor khan
‘बीग बोस ७’ कि विजेता गौहर खानलाई केही दिन अघि अर्धनग्न कपडा लगाएको भन्दै एक यूवकले थप्पड हानेका थिए । अकिल मलिक नाम गरेका यूवकले गौहरलाई मुस्लिम भएर छोटा कपडा लगाएको भन्दै थप्पड हानेपछि यसले हंगामा मच्चिएको थियो ।

तर, अब यो घटनामा एउटा नयाँ खुलासा भएको छ । अकिल नाम गरेका यूवकलाई गौहर खानले नै आफूलाई थप्पड हान्न भनेकी थिइन् । अकिल एक जुनियर कलाकार हुन् । प्रचारका लागि गौहरले यस्तो भनेको उनले प्रहरीसँगको बयानमा भनेका छन् ।

गौहरले स्टेजमा पुगेर आफूलाई थप्पड हानेको खण्डमा अकिललाई सलमान खानको ‘दबंग ३’ मा काम मिलाइदिने समेत आश्वासन दिएकी थिइन् ।

रियालिटी शो ‘इन्डियाज रक स्टार’को छायांकनका क्रममा मोडल तथा कलाकार गौहर खानलाई एक दर्शकले थप्पड हानेका थिए । चर्चाका लागि आफैलाई पिट्न लगाउने गौहरको यो तरिका अब उनलाई नै भारी पर्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment