चलचित्र ‘रथ’ माघ २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । १२ बर्षदेखि सहायक निर्देशक बनेर काम गरिरहेका कैलाश अधिकारीले पहिलो पटक यो चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा विशाल पोख्रेल, आरजु अधिकारी, विनय भट्ट, शर्मिला राई लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा श्याम लावत, राजु सिपाल, दीपेन्द्र धिताल, अजित राईको लगानी छ । गोपाल श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा यादव योगी र विपिन आचार्यको संगीत, सुरेश चौधरीको कथा छ ।
आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको टिजर सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै यसका कलाकार विशाल पोख्रेलले चलचित्रले महिला र पुरुषको कथा भन्ने बताए ।
महिला र पुरुष एक रथका दुई पाग्रा भएको भन्दै उनले चलचित्रमा यस्तै बिषय देखाउन खोजिएको बताए । निर्देशक कैलाश अधिकारीले १२ बर्षसम्म सह-निर्देशकको रुपमा काम गरेर आफूले पहिलो पटक दर्शकलाई मन पर्ने चलचित्र निर्देशन गरेको सुनाए ।
प्रतिक्रिया 4