Comments Add Comment

राखी भन्छिन्ः सन्नी लियोनले अंग प्रदर्शनमा दबाब दिइन्

Rakhi sawant
मुम्बई । अनौठा हर्कत र अभिब्यक्तिका कारण चर्चामा आइरहने भारतीय अभिनेत्री राखी सावन्तले अर्की अभिनेत्री सन्नी लियोनमाथि अनौठो आरोप लगाएकी छिन् ।
सन्नी लियोनले अन्य भारतीय अभिनेत्रीलाई पनि अंग प्रर्दशनका लागि बाध्य पारेको उनले आरोप लगाएकी छिन् ।

‘मलाइ चुम्बन गर्न कुनै आपत्ति छैन गर्छु, अंग प्रदर्शन पनि गरिदिन्छु गरेकै छु ।’ बीबीसीसँग कुरा गर्दै राखीले भनिन्-‘मान्छेहरु चित्त बुझाउदैनन्, सबैले सन्नीले जस्तो गरोस् भन्छन् ।’

सन्नी लियोनको बलिउडमा आगमन भएपछि धेरै हिरोइनलाई अंग प्रदर्शन गर्न दबाब बढेको उनको भनाइ छ । अंगप्रदर्शनको पनि एउटा लक्ष्मणरेखा हुने बताउँदै उनले आफुले त्यो रेखा कहिल्यै क्रस नगर्ने दाबी गरिन् ।

आफुलाई स्पष्टाबक्ता भनेर दाबी गर्ने राखीले आफु फिल्मी परिवारको सदस्य नभएकै कारण संघर्ष गर्नु परेको बताउँछिन् । ‘म पनि अभिताभ बच्चन या शत्रुघन सिन्हाकी छोरी भएको भए यति धेरै आलोचना हुने थिएन ।’ उनले घरानियाँ कलाकारप्रति कटाक्ष गरिन् ।

लोकसभा चुनाव समेत लडेकी राखी फेरि पनि राजनीतिमा जोडिने योजनामा छिन् । तर, रोजीरोटीका लागि फिल्मको विकल्प नभएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment