Comments Add Comment

२९ पुगिन दीपिका पादुकोण, जान्नुहोस् उनका १० रहस्य

deepika 1
मुम्बई । बलिउडकी बोल्ड एण्ड सेक्सी नायिकाको रुपमा स्थापित दीपिका पादुकोणको आज जन्म दिन । सन् १९८६ जनवरी ५ तारिखमा जन्मिएकी दीपिका सोमबारदेखि २९ बर्ष पुरा भएर ३० बर्षमा लागेकी छिन् । अभिनयमात्र हैन, रोमान्स र स्क्यान्डलका कारण पनि चर्चामा रहने दीपिकालाई कतिपयले बलिउडकी ‘नयाँ महिला सुपरस्टार’ पनि भन्ने गरेका छन् ।

हिन्दी फिल्म ‘ओम शान्ति ओम’वाट बलिउडमा प्रवेश गरेकी दीपिकाले सन् २०१३ मा लगातार हिट फिल्म दिइन भने केही महिना अघि प्रदर्शन भएको फिल्म ‘ह्याप्पी न्यु इयर’ पनि सुपरहिट भयो ।

३० बर्ष लाग्दै गर्दा यतिबेला दीपिकाको बिबाह प्रसङले चर्चा पाइरहेको छ । ‘रामलीला’पछि रणवीर सिंहसँग प्रेमलीलामा मस्त दीपिकाले यसै बर्ष लगन गाँठो कस्न लागेको चर्चा चलिरहेको छ ।

deepika 3

दीपिकाका दश रहस्य

१. दीपिका डेनमार्कको कोपनहेगनमा जन्मेकी थिइन् । उनी ११ महिनाको हुँदा उनका बुबा आमाले भारतको बैंगलोर लिएर आएका थिए । सानोमा उनी एकलकाटे स्वभावकी थिइन, साथी निकै कम थिए ।

२ दीपिका पनि उनको बुबा जस्तै उत्कृष्ठ ब्याडमिण्टन खेलाडी थिइन् । उनी केही राष्ट्रिय टुर्नामेन्टमा सहभागी भएकी छिन् ।

३ सन् २००४ मा उनले फुलटाइम मोडलको रुपमा करिअर सुरु गरेकी थिइन् । किङफिसर क्यालेन्डरमार्फत् चर्चामा आएकी दीपिकालाई क्यालेन्डर गर्लसमेत भनेर चिनिन्थ्यो ।

४. फिल्म क्षेत्रमा आउनुअघि दीपिकाले अनुपम खेरसँग अभिनय र साइमक दाभरसंग नृत्य सिकेकी थिइन् ।

५. दीपिकाको पहिलो फिल्म थियो- ओम शान्ति ओम । खासमा निर्देशक फराह खानले दीपिकालाई ह्याप्पी न्यू इयरका लागि अनुबन्ध गर्न खोजेकी थिइन् । तर, ह्याप्पी न्यू इयर स्थगित भइ ओम शान्ति ओम बन्ने भएपछि दीपिका त्यसमै अनुबन्ध भइन् शाहरुखको कोस्टारका रुपमा ।

६. चलचित्र ‘ओम शान्ति ओम’मै उनले पहिलो संवाद थियो ‘कुत्ते, कमिने । भगवानके लिए मुझे छोड् दे ।’

७. दीपिका अभिनेतृमात्र हैनन् लेखक पनि हुन् । उनले सन् २००९ देखि हिन्दुस्तान टाइम्स पत्रिकामा लेख्न सुरु गरेकी हुन् । उनले जीवनशैली सम्बन्धी लेख लेख्थिन् ।
deepika 2

८. दीपिका अभिनयसँगै अफयेरका कारण पनि चर्चामा रहिन् । मोडलिङका बेला उनी निर्देशक निहार पाण्डेको आश्रयमा थिइन् । सन् २००७-२००९ सम्म उनी रणवीर कपुरसँग सम्बन्धमा रहिन् । यतिसम्मकी उनले रणवीरको नाममा गर्धनमा ट्याटुसमेत खोपेकी थिइन् ।

सन् २०१० देखि उनको सम्बन्ध किगफिसर एयरलाइन्सका मालिक बिजय माल्याका छोरा सिद्धार्थ माल्यासँग सुरु भयो । सिद्धार्थले उनलाई १६ करोडको फ्लाट किनिदिएको समाचार आएको थियो ।

सन् २०१३ यता उनी रणवीर सिंहसँग अफयेरमा छिन् । उनीहरुले औपचारिकरुपमा स्वीकार नगरे पनि उनीहरु हालै दुवईको डान्स क्लवमा सँगै नाच्दै चुम्बन गरिरहेको अबस्थामा भेटिएका थिए ।

९. बलिउडभित्र दीपिका अमिताभ बच्चन, शाहरुख खान र अमिर खानकी फ्यान हुन् । यस्तै हलिउडमा उनलाई ब्राड पिट र रिचार्ड गेर मन पर्छन् । हेमा मालिनी, श्रीदेवी, माधुरी दिक्षित, काजोल र रानी मुखर्जीकी उनी फ्यान हुन् ।

१०. उनी जरा ब्राण्डका कपडा धेरै मन पराउँछिन् । मनपर्ने खाना दक्षिण भारतीय हुन भने मन पर्ने देश फ्रान्स । खाने, संगीत सुन्ने र ब्याटमिन्टन खेल्नेसँगै उनी सुत्न पनि सौखिन छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment