Comments Add Comment

प्रियंका र केकी जासुुस, २५ दिनमै सकियो ‘हाउ फन्नी’

how-funny-1
पहिलो पटक निर्मात्री बनेकी पूर्व मिस नेपाल माल्भिका सुब्बा र पहिलो पटक नै निर्देशक बनेकी निलु डोल्मा शेर्पाले २५ दिनमै चलचित्र ‘हाउ फन्नी’को छायांकन सकाएका छन् ।

मंसिर २० गतेबाट छायांकन प्रारम्भ भएको यो चलचित्रको आइतबार इन्ड क्ल्याप गरिएको हो । आइतबार कलाकारहरु दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारीले अन्तिम दृश्यमा अभिनय गरेका थिए ।

यो चलचित्रमा केकी र प्रियंका जासुुसको भूमिकामा छन् । चलचित्रको लोकेशन काठमाण्डौ र थानकोटमा मात्र भएकाले पनि छायांकन चाडै सकिएको हो ।

how-funny-2
एक धनाढ्य व्यापारीकी एक मात्र छोरी गायब बनेसँगै चलचित्रको कथा सुरु हुन्छ । उनलाई खोज्नका लागि केकी र प्रियंकालाई जासुसको रुपमा प्रयोग गरिएको छ ।

शान बस्न्यातको लेखन, आङ नुरु शेर्पा, छिरिङ शेर्पा र निमा टासी शेर्पाको लगानी, हरी हुमागाइको छायांकन, सुरेश अधिकारी, शैलेस सिङ, शलेन्द्र श्रेष्ठको चलचित्रमा संगीत छ । चलचित्रमा अनुप विक्रम शाही, निशा अधिकारी, शिशिर राणा पनि कलाकारको रुपमा छन् । निशाले धनाढ्य व्यापारीको छोरीको भूमिका निर्वाहा गरेकी छिन् । चलचित्रलाई दर्शना आट्सले वितरण गर्नेछ ।  how-funny-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment