अभिनेत्री दीपिका पादुकोण र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी दुबै आफ्ना क्षेत्रका चर्चित पात्र हुन् । यी दुई विच ५ कुरामा समानता भेटिन्छन् ।
ममता बेनर्जी र दीपिका पादुकोणको जन्म एकै दिन भएको हो । दुबैले ५ जनावरीमा आफ्नो जन्मदिन मनाउँछन् । ममता अहिले ६० वर्षकी भइन् भने दिपिका ३० लागिन् ।
दुबैको राशी मकर हो भने कुण्डली पनि लगभग उस्तै छ । उनीहरुको स्वभावमा पनि धेरै कुरा समानता भेटिन्छ । दुबै आफ्ना कुरामा स्पष्ट छन् । उनीहरु तथ्यमा अडिग छन् । बिबाद किन नहोस् सत्यमा अडिग रहने दुबैको स्वभाव छ ।
सेतो रंगले दुबैलाई आकषिर्त गर्ने गरेको छ । सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा ममता सेतो पोशाकमा उपस्थित हुन्छिन् भने दीपिका पनि महत्वपूर्ण कार्यमा सेतै पोशाकमा उपस्थि हुने गर्छिन् ।
दुबैलाई अभिनेता शाहरुख खान असाध्यै मन पर्छ । दीपिका शाहरुखकै फिल्म ‘ओम शान्ति ओम’वाट बलिउडमा प्रवेश गरेकी थिइन् भने ममताले शाहरुखलाई आफ्नो राज्यको ब्राण्ड एम्बास्डर बनाएकी थिइन् ।
प्रतिक्रिया 4