Comments Add Comment

‘माया गर्छौ’ बोलको गीतले जन्माएको एउटा चलचित्र(भिडियो)

jiwan-and-nita
चैत्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ भुल भूलैया’को सांगीतिक ट्रेलर सार्वजनिक भएको छ । योगेश घिमिरेले निर्देशन गरेको चलचित्रको ‘माया गर्छौ थाहा छ मलाई’ बोलको गीतको ट्रेलर सार्वजनिक गरिएको छ ।

गीतको ट्रेलरमा चलचित्रका मुख्य कलाकार जीवन लुइटेल, नीता ढुंगाना, सोहित मानन्धरलाई फिचरिङ गरिएको छ । निर्देशक योगेश घिमिरेले यो गीत बनेपछि मात्र चलचित्र बनाउने कन्सेप्ट उत्पन्न भएको बताए ।

गीतको ट्रेलर मात्र सार्वजनिक गर्नुको कारण खुलाउँदै उनले भने-‘यो गीतमा चलचित्रको कथा छ । यसैले पूर्ण रुपमा गीत सार्वजनिक नगरिएको हो ।’ उनले चलचित्र बनाउने तयारी यो गीत जन्मिएपछि भएको बताए ।

नेपालमा भित्रिएको डीजिटल प्रविधीलाई उच्चतम प्रयोग गरिएको यो चलचित्रमा बसन्त सापकोटाको संगीत छ । यो गीतमा स्वप्निल बरालको शब्द, रजिना रिमालको स्वर छ । चलचित्रले त्रिकोणात्मक प्रेम कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment