Comments Add Comment

आश्मालेे तौलिन् संयम र सलोनको अभिनय क्षमता

aabash film (1)
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभाष’ नेपालका ६५ वटा हलमा चल्ने  यसका निर्माता तथा वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । चलचित्रलाई अन्तरराष्ट्रिय कलाकार मञ्चले विभिन्न ४० वटा भन्दा बढी देशमा देखाउने भएको छ । यसबाट निर्मातालाई करिब २५ लाख रुपैयाँ आउने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो चलचित्रलाई सुरेन्द्र पौडेलले  निर्देशन गरेका हुन् । चलचित्रमा संयम पुरी, सलोन बस्नेत, निशा अधिकारी, आश्मा डीसी लगायतका कलाकारको अभिनय छ । निशा र संयम चलचित्रको प्रचारमा देखिएका छैन् । कार्यक्रममा नायिका आश्मा डीसीले सलोन र संयमको अभिनयको मापन गरिन् । aabash film (3)

उनले दुबै अभिनयमा उत्तिकै राम्रो भएपनि आफूले संयमलाई १० र सलोनलाई ९.५ दिने उनको तर्क छ । चलचित्रमा सलोनले सेन्टिमेन्ट्समा खेल्न नपाएकाले पनि पूर्ण अभिनय देखाउन नपाएको उनको भनाई छ । संयम आश्माका वास्तविक जीवनका प्रेमी पनि हुन् । आश्माले सलोनको प्रेम चर्चाले आफ्नो अभिनय क्षमता ओझेलमा परेको कुरालाई नकारिन् । उनले चलचित्र हेरेपछि दर्शकले यसको मापन गर्ने बताइन् ।

यूवालाई लक्षित गरिएको यो चलचित्रले मानिसले प्रेम पाउँदा, गुमाउँदा, अरुको साथ खोज्दा कस्तो आभाष गर्छ भनेर देखाउन खोजेको छ ।

आश्मा डीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment