Comments Add Comment

नायिका नै गायब भएपछि प्रचार गरिदिने कसले ?

dipshikha-sahi
चलचित्र ‘म तिम्रै भैसके’को प्रदर्शन समयमा नायिका ऋचा सिंह ठकुरी सम्पर्कमा नआएपछि निर्देशक विकास आचार्य तनावमा देखिएका थिए । नायिका नहुँदा प्रचारमा अप्ठ्यारो परेको उनको भनाई थियो । चलचित्र चलाउँदा कलाकार सम्पर्कमा नआउँदा निर्माता-निर्देशक तनावमा रहनु कुनै नौलो कुरा होइन ।

माघ २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इच्छा’का निर्देशक मुनाल घिमिरे पनि नायिका दीपशिखा शाहीको खोजीमा छन् । उनी सम्पर्कमा नआएकाले प्रचारमा हिडिदिने कलाकारको अभाव भएको छ । दीपशिखा नेपाल बाहिर रहेको वुझिन्छ ।

चलचित्रको मुहुर्तमा देखिएकी दीपशिखा प्रचारको बेलामा मिडियामा कतै देखिएकी छैनन् । कलाकारले चलचित्र प्रचारमा साथ नदिएपछि मुनालका लागि ‘इच्छा’लाई उचाई दिन गाह्रो भएको छ । चलचित्रले कथावस्तु राम्रो उठाएपनि कलाकारका कुरा दर्शकले नसुन्दा प्रचारमा गाह्रो हुने उनी बताउँछन् ।

चलचित्रमा दयाहाङ राई, सुवास थापा पनि छन् । तर, दुबै कलाकारले ‘इच्छा’ प्रचारमा खुलेर साथ दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment