Comments Add Comment

यी हुन् ‘बी’ ग्रेडका फिल्म खेल्ने ‘ए’ ग्रेडका कलाकार

मुम्बई । प्राय कलाकारहरु स्थापित भएसकेपछि सकेसम्म राम्रो ब्यानरको फिल्म खेल्न चाहन्छन् । अभिनय गरेर कमाइने पैसा भन्दा पनि आफुले काम गरेको सिनेमाले समाजमा पार्ने प्रभावका वारेमा उनिहरु सोच्न थाल्छन् ।
चलेका कलाकारहरु धेरै छन्, विषय नपरेको भन्दै फिल्ममा काम गर्न नमानेका । तिनै कलाकार हुन् जसले कुनै बेला करिअर बन्ने आशमा ‘बी’ ग्रेडमा फिल्म खेले । यसरी फिल्म खेल्नेहरुमा अमिताभ बच्चनदेखि कट्रिना कैफसम्म छन् । को-को छन् त करिअर बनाउनकै लागि ‘बी’ ग्रेडका फिल्म खेल्ने कलाकारहरु ‘टाइम्स अफ इण्डिया’ले तयार परेको सुचीः

कट्रिना कैफ
कट्रिना कैफ

हिन्दी चलचित्र ‘बुम’मा अभिनय गरेपछि अमिताभ बच्चनको राम्रै आलोचना भयो । उक्त चलचित्रका केही दृष्यमा उत्तेजक अभिनय गरेका बच्चनले टुपीसमा सजिएकी युवतिलाई टोक्न खोजेको दृष्यलाई धेरै मिडियाले महत्वका साथ प्रस्तुत गरे ।  उक्त फिल्ममा काम गर्नु अघि अमिताभले अलग शैलिको फिल्ममा काम गर्न लागेको धारणा सार्वजनिक गरेका थिए । तर, फिल्म रिलिज भएपछि भने दर्शकहरुले ‘दोस्रो’ दर्जाको फिल्म भनेर टिप्पणी गरे ।

सोही फिल्मवाट डेब्यु गरेकी हुन् अहिलेकी चर्चित नायिका कट्रिना कैफले । उक्त सिनेमामा टुपीसमा प्रस्तुत भएकी क्याटरिनाले केही गरम दृष्य समेत दिएकी थिईन् ।
राकेश सावन्तद्धारा निर्देशित ‘एक घातक लभ स्टोरी’ मा काम गरेपछि सुपरस्टार राजेश खन्नाले पनि राम्रै आलोचना सहनु पर्‍यो । जुन फिल्मवाट उनको कमब्याक भएको थियो ।

नेहा धुपिया
नेहा धुपिया

पूर्व मिस इण्डिया नेहा धुपियाले ‘शिशा’ मा काम गर्नु अघि फिल्मको विषय राम्रो भएको बताएकी थिइन् । जब फिल्म रिलिज भयो । फिल्म ‘बी’ ग्रेडको भएको पुष्टि मात्रै भएन उनले निर्वाह गरेको चरित्रको ब्यापक आलोचना भयो ।

‘क्लासिक डान्स अफ लभ’ मा अभिनय गरेका थिए मिथुन चक्रवर्तीले । एक नर्तकीको पछि लागेर धार्मिक प्रशिक्षणमा सहभागी हुन जाने एक पात्रको भुमिका निर्वाह गरेका चक्रबर्तीले तर्नकीसंगै केही हट दृष्य समेत दिएका थिए ।

मनिषाको आपत्तिजनक दृष्य

‘एक छोटी सी लभ स्टोरी’ मा काम गरेपछि मनिषा कोइरालाको निकै आलोचना भयो । उक्त चलचित्रमा निकै बोल्ड चरित्र निर्वाह गरेकी मनिषामाथि आपत्तिजनक दृष्य दिएको अरोप समेत लाग्यो ।

शाहरुख खान अभिनित फिल्म ‘डन’ मा काम गरेपछि इशा कोपिकरको चर्चा राम्रै भयो । त्यसअघि नै उनले, खतरनाक, सेक्सी, स्मार्ट जस्ता केही फिल्म खेलीसकेकी थिइन् ।

मनिशा कोइराला
मनिशा कोइराला

अक्षय कुमार पनि ‘बी’ ग्रेडको फिल्मवाट अछुतो छैनन् । जेम्स बोण्डको जीबनीमा आधारित भनिएको एउटा ‘सी’ ग्रेडको हिन्दी फिल्ममा अभिनय गरेका छन् । करन अर्जुन लगायत केही फिल्ममा अभिनय गरेकी ममता कुलकणर्ीले प्रारम्भमा केही बी ग्रेडका फिल्म खेलेकी थिइन् ।

मिस वर्ल्ड डायना हेडनले पनि चर्चामा आउनका लागि अंग प्रदर्शनको सहारा लिइन् । ‘तौबा तौबा’ मा काम गरेकी पायल रोहतगीले अझै आफुलाई स्थापित नायिकाको रुपमा पदस्थापन गर्न सकेकी छैनन् । उक्त फिल्मका केही दृष्यमा टुपीसमा प्रस्तुत भएकी पायल अहिले पनि संघर्षरत छिन् ।

हिन्दी फिल्म ‘डब्बल क्रश’ मा बिकनीमा प्रस्तुत भएकी निगार खानले केही चर्चा पाए पनि प्रभाव जमाउन सकिनन् । अर्की नायिका मेघना नायडुको पनि हालत त्यस्तै भयो ।

डायना हेडन
डायना हेडन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment