Comments Add Comment

दीलिप र सुशील पुरानै क्रेज फर्काउने दाउमा

susil-and-dilip-rayamaji
कुनै बेला थियो, जतिबेला नेपाली चलचित्र क्षेत्रमा नायकद्धय दीलिप रायमाझी र सुशिल क्षेत्रीको क्रेज खुबै थियो । दुई नायकले अभिनय गरेको चलचित्रले नेपाली बजारमा तहल्का नै पिट्थे । तर, अहिले समय फेरिएको छ । समयको गतीसँगै सुशिल र दीलिपको क्रेज पनि हरायो ।

यी दुई नायक अहिले फेरि आफ्नो पुरानै क्रेज फर्काउने दाउमा छन् । नायक दीलिप रायमाझीले अभिनय गरेको ‘विधुवा’ चलचित्रले कुनै कमाल गरेन । अब उनको नयाँ चलचित्र ‘लोग्ने मान्छे’ माघ २३ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा दीलिप नायिका नन्दिता केसीको श्रीमान् बनेका छन् ।

यता, नायक सुशिल क्षेत्री पनि आफ्नो पुरानै क्रेज फर्काउन ‘आगो २’ मार्फत दर्शकमाझ आउँदैछन् । माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको यो सफल चलचित्रको सिक्वेलमा सुशिलले दमदार अभिनय गरेको निर्देशक मदन घिमिरे बताउँछन् । सोझा नायकको रुपमा परिचित सुशिलका लागि ‘आगो २’ क्रेज फर्काउने सुनौलो अवसर पनि हो ।

नेपाली चलचित्रमा नायकको अभाव भएको विश्लेषण गर्न थालिएको छ । मुम्बई पुगेर ५ बर्ष हराएका निखिल उप्रेती पनि यही क्षेत्रमा फर्किएका छन् । अब, दीलिप र सुशिलले आफ्नो पुरानै क्रेज फर्काउने हो भने, चलचित्र क्षेत्रमा देखिएको नायकको अभाव केही हदसम्म भएपनि पुर्ती हुन्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment