Comments Add Comment

‘हट दृश्य दिन गाह्रो भएन’ : विपाशा वासु

bipasha and karan
बलिउड नायिका विपाशा वासु हट अवतारका कारण नै चर्चामा छिन् । उनले चलचित्र ‘जिस्म’मा दिएको उत्तेजक दृश्यलाई दर्शकले अझै पनि विर्सिएका छैनन् । उनै, विपाशाले अभिनय गरेको चलचित्र ‘अलोन’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

उनले चलचित्रका मुख्य कलाकार करण सिंहसँग अन्तरंग दृश्य दिन गाह्रो नभएको खुलाएकी छिन् । उनले करण सजिलो कलाकार भएको समेत खुलाइन् । विपाशाले भनिन्-‘हामी छायांकन आरम्भ हुनु अगाडि नै एकअर्कासँग नजिक भएका थियौ ।

जब दुई जना कलाकारको विच सम्बन्ध राम्रो हुन्छ, तब यस्ता दृश्य दिन खासै गाह्रो हुँदैन ।’ उनले छायांकनका लागि केरला जानु अघि नै करणसँग राम्रो मित्रता भैसकेको बताएकी छिन् । भूषण पटेलको निर्देशनमा बनेको यो चलचित्रमा विपाशाले दोहोरो भूमिका निर्वाहा गरेकी छिन् । चलचित्रमा विपाशा र करणको  थुप्रै हट दृश्य छन् ।

बलिउड बजारमा यतिबेला विपाशा र करणको प्रेमको चर्चा खुबै चलेको छ । विपाशाको करणप्रतिको यस्तो सहज प्रतिक्रियाले उनीहरुको प्रेमलाई अझै मलजल गर्ने काम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment