Comments Add Comment

कति बिक्रि भए यी महंगा कारहरू ?

कार निर्माताहरुका लागि बितेको वर्ष सन् २०१४ धेरै कारणहरुले महत्वपूर्ण रह्यो । कार उद्योगले बजारमा पठाइसकेका केही समस्याग्रस्त कारहरु फिर्ता ल्याउनुपरेको मात्र होइन नयाँ कारहरु लञ्च भए भने नयाँ प्रविधिप्रतिको उपभोक्ताको अनुकुलन समेत बढेको पाइयो । जसको फलस्वरुप लक्जरी कार निर्मातारुले बिक्रिमा किर्तिमान कायम गर्न पाए । इकोनोमिक टाइम्सका अनसार गएको वर्ष उच्च बिक्रिदर हासिल गर्न सफल लक्जरी कार यस्ता छन्-

rayals
रोल्स रोयसः सुपरलक्जरी कार निर्माण गर्ने बिएमडब्लु को भगिनी बेलायती कम्पनीले गत वर्ष विश्वभरमा गरि ४ हजार ६३ वटा कार बेच्न सफल भयो । यो उक्त बेलायती ब्राण्डको १ सय ११ वर्षे इतिहासमै किर्तिमानी बिक्रि हो भने गतवर्षको तुलनामा ४ सय भन्दा बढि । गएको वर्ष रोल्स रोयसको बिक्रि उत्तर अमेरिकामा ३० प्रतिशत र युरोपमा ४० प्रतिशतले बढ्यो ।
mclaren
म्याक लारेनः बेलायती कार निर्माता कम्पनीको यो लक्जरी कार गएको वर्ष १ हजार ६ सय ४८ गोटा बिक्रि भयो । जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशत बढि हो भने अहिलेसम्मकै उच्च बिक्रि पनि हो । यी मध्ये ६५० एस र स्पाइडर ब्राण्डका कार १४ सय वटा र पि वान कार २ सय ४८ वटा बिके ।
Bentley
बेन्टलेः भक्सवागन कम्पनीको स्वामित्वमा रहेको ९६ वर्ष पुरानो यो लक्जरी ब्राण्ड बेन्टलेको बिक्रि पनि गएको वर्ष किर्तिमानी विन्दुमा पुग्यो । इतिहासमै अहिलेसम्म बढि कार बेच्न सफल कम्पनीले गएको वर्ष ११ हजार २० वटा कार बेच्न सफल भयो । यो अघिल्लो वर्ष भन्दा ९ प्रतिशतले बढि हो । गतवर्ष यो कारको बिक्रि चीनमा सबैभन्दा धेरैले बढ्यो । सन् २०२० सम्ममा बिक्रि दोब्बर पार्ने लक्ष्य लिएको नयाँ एसयुभीयुक्त कार विश्वको सबैभन्दा महंगो युटिलिटी भेहिकल हो ।

volvo

भोल्भोः स्विडिस लक्जरी कार मेकर्स कम्पनीले गएको वर्ष ४ लाख ६५ हजार ८ सय ६६ वटा भोल्भो लक्जरी कार बेच्न सफल भयो, जुन अघिल्लो वर्ष भन्दा ८.९ प्रतिशत बढि हो । यो कारको सबैभनदा ठूलो बजारको रुपमा रहेको चीनमा मात्र गएको वर्ष ८१ हजार २२१ वटा भोल्भो कार बिक्रि भए । साथै युरोपमा पनि यो कारको मागमा उच्च वृद्धि भएको छ ।

गएको वर्ष तिनवटा जर्मनी लक्जरी कार निर्माता कम्पनीहरु बिएमडब्लु, मर्सिडिज बेन्ज र अउडीले अमेरिकामा किर्तिमानी बिक्रि कायम गर्न सफल भए । सबैभन्दा बढि बिक्रि हुने बिएमडब्लु ले बिक्रिमा १० प्रतिशत बढोत्तरी गर्दै ३ लाख ३९ हजार ७ सय ३८ वटा कार बेच्न सफल भयो । त्यस्तै मर्सिडिज कार ३ लाख ३० हजार ३ सय ९१ वटा र अउडी कार १ लाख ८२ हजार ११ वटा बिक्रि भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment