Comments Add Comment

चाैध देशबाट वाणिज्य बैंकले डेढ खर्ब रेमिटान्स भित्र्याए

Ramittence with Bank

पुष्प दुलाल

२८ पुस काठमाडौं । पछिल्ला वर्षहरुमा रेमिटान्सको कारोबार बैंकहरुका लागि आम्दानीको ‘ठूलो’ स्रोत बन्न थालेको छ । बैंकहरुले भित्र्याएको रेमिटान्सलाई आधार मानेर विश्लेषण गर्दा यस्तो देखिएको हो ।

बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढेसँगै रेमिटान्स सेवाको व्यवसाय निकै फस्टाएको छ । दैनिक १५ सय जना रोजगारीका लागि विदेशीने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

विदेशीएका ती कामदारले गत वर्ष नेपालमा कूल ४ खर्ब २८ अर्ब २० करोड रुपैयाँ रेमिटान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७०/०७१ मा १ अर्ब ६२ करोड ८७ लाख २७ हजार अमेरिकी डलर अर्थात १ खर्ब ६२ अर्ब नेपाली रुपैयाँ रेमिटान्स स्वदेश भित्र्याएका छन । यो कूल रेमिटान्स आप्रवाहको करिब ४० प्रतिश हो । बाँकी रहेको ६० प्रतिशत रेमिटान्स मनी चेञ्जर, रेमिटान्स कम्पनी, होटल, ट्रेकिङ र ट्राभल एजेनसी लगायतमार्फ आउने गर्छ ।

बैंकहरुले विभिन्न १४ वटा देशबाट मात्रै १ अर्ब ५३ करोड डलर रेमिटान्स भित्र्याएका छन । अन्य देशबाट ८ करोड ८९ लाख १८ हजार डलर रेमिटान्स प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकहरुले सबैभन्दा बढी रेमिटान्स साउदी अरबबाट भित्र्याएका छन । साउदीबाट गत वर्ष बैंकहरुले ४८ करोड १७ लाख ७ हजार अमेरिकी डलर भित्र्याएका छन । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा २९.५८ प्रतिशतले बढी हो ।

त्यसैगरी, संयुक्त अरब इमिरेट्स (युएर्इ) बैंकबाट रेमिटान्स भित्र्याउने मुलुकमध्ये दोस्रो स्थानमा रहेको छ । दुवहीबाट ४६ करोड ४३ लाख ७ हजार डलर भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा २८.५१ प्रतिशतले बढी हो ।rametance

त्यस्तै, गत वर्ष कतारबाट ३१ करोड ५५ लाख १५ हजार डलर, मलेसियाबाट १२ करोड ८१ लाख ६२ हजार डलर, बहराइनबाट ५ करोड ६ लाख ८५ हजार डलर, कुवेतबाट ४ करोड १२ लाख ८९ हजार डलर, अमेरिकाबाट २ करोड ४३ लाख ८५ हजार डलर, बेलायतबाट १ करोड १८ लाख ७९ हजार डलर र कोरियाबाट १ करोड ४० लाख ३७ हजार डलर रेमिटान्स बैंकमार्फत नेपाल भित्रएकिो छ ।

त्यसैगरी, इजरायलबाट २५ लाख ५६ हजार डलर, क्यानडाबाट २२ लाख १२ हजार डलर, अस्ट्रेलियाबाट १७ लाख ३४ हजार डलर, लेवनानबाट ७ लाख २२ हजार डलर, जापानबाट ६ लाख १९ हजार डलर रेमिटान्स बैंकमार्फत नेपाल भित्रिएको राष्ट्र बैंकलेे जनाएको छ ।

विभिन्न देशबाट हिमालयन बैंकले सञ्चालन गरेको हिमाल रेमिटले मात्रै १ खर्ब रेमिटान्स भित्र्याएको छ । एभरेष्ट, नविल, इन्भेष्टमेन्ट, सिद्धार्थ, सेञ्चुरी लगायतका बैंकहरुले पनि उल्लेख्य मात्रामा रेमिटान्स भित्र्याउँदै आएका छन ।

रेमिटान्सको कारोबारलाई अझ विस्तार गर्न बैंकहरुले विभिन्न देशमा सम्पर्क कार्यालय खोल्न राष्ट्र बैंकबाट स्वीकृतिसमेत लिइसकेका छन । दुई महिना अघि मात्रै राष्ट्र बैंकले हिमालयन बैंकलाई मलेसियामा र ग्लोवल आइएमईलाई अष्ट्रेलियामा सम्कर्प कार्यालय खोल्न स्वीकृति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment