+
+
Shares

कट्रिनाको हातमा देखियो इंगेजमेन्ट औंठी

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३० गते ९:४७

katrinakaif-engagementringकेही दिन यता कट्रिना कैफ र रणवीर कपुरले लण्डनमा इंगेजमेन्ट गरेको चर्चा ब्यापक छ । तर, कैट र रणवीर मात्र हैन उनीहरुका परिवार र साथीहरुसमेत यो बिषयमा मौन छन् ।

पढ्नुहोस- रणवीर र कट्रिनाको लण्डनमा इंगेजमेन्ट

यतिबेला भारतीय संचारमाध्यम भने कटि्रनाको औंठीको खोजीमा छन् । कतै उनले लगाएको औंठी देखिन्छ की भनेर फोटो पत्रकारहरु तस्वीर खिच्न पछ्याइरहेका छन् ।

फराह खानको पार्टीमा कट्रिनाले आफ्ना हात पाइन्टको गोजीमा लुकाउँदै भित्र छिरेपछि उनले औंठी लुकाउन खोजेको अनुमान गरियो ।
katrina-kaif2
तर, गत शुक्रबार मुम्बईमा आयोजित उमंग कार्यक्रममा कट्रिनाको हात ठूलो आकारको औंठी देखिएको छ । अहिले प्रश्न उठेको छ के यो औंठी रणवीरले इंगेजमेन्टका बेला लगाइदिएको हो त ?

कार्यक्रममा रणवीर कपुर पनि उपस्थीत थिए तर उनको हातमा औंठी थिएन् । कट्रिना औठी देखाउँदै निर्देशक करण जोहर र अभिनेता मनिष पलसँग नाचिन पनि ।

बलिउड यतिबेला कट्रिनाको हातमा देखिएको ठूलो आकारको औंठी इंगेजमेन्ट रिङ हो कि हैन भन्ने बहसमा उत्रिएको छ । तर, दुनियाँले जे-जे भनेपनि यो जोडी मुख खोल्ने मुडमा देखिन्न ।

यो पनि पढनुहोस्- दीपिकाले कट्रिनालाई भनिन- रणबीरसँग बिबाह नगर

katrina-kaif-1-120115

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?