
२ माघ काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले निर्माण व्यवसायको क्षेत्रमा देखिएको गुण्डागर्दी अन्य गर्न आफू तयार रहेको बताएका छन ।
शुक्रबार मन्त्रालयमा निर्माण व्यवसायीहरुसँगको भेटमा मन्त्री बस्नेतले गुण्डागर्दी र अनियमितता अन्त्य गर्ने अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
‘निमार्ण व्यवसायमा देखिएका गुण्डागर्दि र अनिमितता अन्त्य गर्न सामुहिकरुपमा पहल गरौँ म साथ दिन तयार छु’-बस्नेतले भने ।
उनले नयाँ बन्ने औद्योगिक ऐनमा निमार्ण व्यवसायलाई राष्ट्रिय प्राथमिकता उद्योगको रुपमा राख्न लागिएको बताए । मन्त्री बस्नेतले उद्योगको फराकिलो र नयाँ परिभाषा दिन मन्त्रालय लागिपरेको उल्लेख गरे ।उद्योगको विकास र प्रवर्द्वनका लागि स्थानीय विकास मन्त्रालय, वन मन्त्रालय र वातावरण मन्त्रालयबीच समन्वयन हुनुपर्नेमा जोड उनले जोड दिए । उनले उद्योग व्यवसायको क्षेत्रमा देखिएका कानुनी जटिलता र ऐन नियममा भएका प्रावधानलाई उद्योगमन्त्री बनाउने प्रतिवद्धता व्यक्त गरे ।
निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन नेतृवको टोलिले उद्योगमन्त्री बस्नेतलाई मागसहितको ज्ञापनपत्र बुझाएको थियो ।
निर्माण व्यवसायको क्षेत्रमा बस्नेत अध्यक्ष रहेको युवा संघ नेपालका कार्यकर्ताले नै बढी गुण्डागर्दी गर्ने गरेको अारोप लाग्दै अाएको थियो ।
प्रतिक्रिया 4