मुम्बई । अमिर खान अभिनित फिल्म ‘पिके’ ले शुक्रवारसम्म विश्वभरवाट ६१५ करोड कमाइ गरेको छ । विभिन्न समाचार एजेन्सीहरुले उल्लेख गरे अनुसार सबै ठाँउवाट हिसाब आइसकेको छैन । तर, शुक्रवारसम्म ६१५ करोड भन्दा धेरै कमाई गरेको छ ।
अमिर खान, अनुश्का शर्मा, सञ्जय दत्त, बोमन इरानीलगायतका कलाकारको अभिनय रहेको यस फिल्मको निर्देशन राजकुमार हिरानीले गरेका हुन् ।
भारतकै केही प्रान्तमा फिल्म प्रदर्शन भइरहँदा ‘पिके’ले हिन्दु धर्मको अपमान गरेको भन्दै केही धार्मिक संघसंस्थाले असन्तुष्टि जनाएका थिए ।
बलिउडमा अहिलेसम्म सबै भन्दा धेरै कमाइ गर्ने फिल्म ‘पिके’ हो भने यसअघि अमिरकै ‘धुम-३’ ले सबै भन्दा धेरै कमाई गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4