Comments Add Comment

अन्तर्राष्ट्रिय क्रिकेटमा करण केसीको डेब्यू

Karan Kc

३ माघ, काठमाडौं । तीव्र गतिका बलर करण केसीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुको पहिलो खेलमा शनिबार युगाण्डाविरुद्ध उनले बलिङ गरेका हुन् । तर, नेपाल २ रनले पराजित भएको छ ।

डेब्यू खेलमा उनले ७ ओभर बलिङ गरे । कुनै विकेट नलिएका उनले २७ रन दिए । ११ औं नम्बरमा व्याटिङमा आएका उनले पाँच बलमा एक चौकासहित ५ रन जोडे ।

नामिबिया पुग्नुअघि दक्षिण अफ्रिकामा नेपालले खेलेको तीन अभ्यास खेलमा उनले राम्रो बलिङ गरेका थिए ।

त्यसअघि श्रीलंका भ्रमणका क्रममा तीनदिवसीय खेलमा पनि उनको प्रदर्शन राम्रो थियो ।

युगाण्डाविरुद्धको खेलमा करणले अमृत भट्टराईको स्थान लिएका छन् । अब करण र सोमपालले तीव्रगतिको बलिङ जिम्मेवारी सम्हालेका थिए ।

यो पनि पढ्नुस् 

बिदेश जान हिँडेको ठिटो जब क्रिकेट खेलाडी बन्यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment