+
+
Shares

सानो पर्दाका सेक्सी सुन्दरीहरु

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते ९:५९

हिन्दी सिरियलको छुट्टै बजार छ । प्रायः घरभित्रको कथा प्रस्तुत गरिने ती सिरियलप्रति महिला दर्शकको बेग्लै क्रेज देखिन्छ । सासुले बुहारीलाइ गर्ने थिचोमिचो त भारतीय सिरियलका लागि स्थायी मसला नै हो । आमा बुबाको छोरा छोरीप्रति माया, श्रीमान श्रीमतिविचको सम्बन्ध र त्यसमा आउने उतारचढाव प्रायः छुट्दैनन् ।
तर, पछिल्लो समय भारतीय धारावाहिकमा पनि ग्ल्यामर छिरेको छ, सेक्सी सुन्दरीहरुको चहलपहल बढ्दो छ ।

सिरियलमा काम गर्ने केही युवतीहरुले समुन्द्र किनारमा विकिनीमा तस्बिर मात्रै खिचाएका छैनन्, सिरियलमै पनि हट स्वरुपमा प्रस्तुत हुन थालेका छन् । कतिपय रियालिटी शो र सिरियलमा समेत कामुक अनुहार अनिवार्य हुन थालेको छ । ‘टाइम्स अफ इण्डिया’ ले तयार पारेको सानो पर्दामा काम गर्ने हट हिरोइनको सूची यस्तो छ-
Drashti Dhami
दृष्टि धामी : सानो पर्दाको मुधुवाला भनेर चिनिन्छिन् दृष्टि धामी । टेलिभिजनमा देखिएका हिरोइनमध्ये कामुक हिरोइन हुन उनी । उनले कामुक भएकै कारण केही उल्लेख्य अवार्ड समेत हात पारेकी छिन् । सन् २०१४ मा एफएचएम पत्रिकाले तयार पारेको विश्वको एकसय कामुक महिलाको सुचिमा शीर्ष १० स्थानमा परेकी थिइन् उनी ।
त्यसो त सन् २०१२ मा भएको विश्वका कामुक एशीयाली महिलाको सूचीमा पनि उनी १२ औं स्थानमा थिइन् । दृष्टि आफमा प्रतिभाशाली कलाकार हुन भन्नका लागि उनकै कर्म काफी छ । डान्स रियालीटी शो ‘झलक दिखला जा’ छैटौं संस्करणकी बिजेजा हुन उनी ।

ऐश्वर्या शाकुजा : सिरियलकी क्षमतावान बुहारी भनेर चिनिन्छिन् ऐश्वर्या शाकुुजा । विभिन्न सिरियलमा सोझी एब दुःखी बुहारीको भुमिका निर्वाह गर्ने ऐश्वर्याको वास्तवीक जीवन भने पर्दामा देखिएको भन्दा निकै फरक छ । आफुलाई ग्ल्यामरस भुमिकामा प्रस्तुत गर्न चाहन्छिन् उनी ।

‘सास बिना शसुराल’ मा छोटो लुगा लगाएर अभिनय गरेकी थिइन् उनले । त्यसपछि पनि केही सिरियलमा ग्ल्यामरस भुमिकामा देखिएकी उनी सानो पर्दाका लोभलाग्दी हिरोइन् हुन् ।

श्वेता साल्वे : बिकिनीमा फोटोशुट गर्ने सम्भव त पहिलो टेलिभिजन कलाकार हुन् श्वेता साल्वे । ‘म्याक्सिम इण्डिया’ पत्रिकाको आबरणमा उनको बिकिनी फोटो छापिएपछि चर्चामा आएकी थिइन् । विज्ञापनमा बिकनी फोटो शुुट गरेपनि विभिन्न सिरियलमा पक्का बुहारीको रुपमा उनको छवि तारिफयोग्य नै छ ।

shama
शमा सिकन्दर

शमा सिकन्दर : टेलिभिजनमा काम गरेकामध्ये असफल हिरोइनको रुपमा चिनिन्छिन् शमा सिकन्दर । तर, पनि उनको हट एण्ड सेक्सी पोजको आकर्षण बाँकी नै छ ।
उनको सेक्स अपिल अहिले पनि मिडियामा समाचारको विषय बन्ने गरेको छ । तर, तिनै नायिका प्रतिस्पर्धामा सबैभन्दा पछाडि छिन् । कतिले भन्ने गर्छन ‘समा सिकन्दर सानो पर्दाको सेक्सबम’।

उनले केही पत्रिकाको आवरणमा समेत स्थान पाईसकेकी छिन् । सन् २०११ मा आदर्श महिला पत्रिकाद्धारा गरिएको महिनाको आकर्षण पात्रको रुपमा छनौटमा परेकी थिईन् । अभिनयको अतिरिक्त उनले केही निजी कम्पनिमा समेत काम गरेकी छिन् ।

कृतिका कम्रा: डक्टर निधिको भुमिका निर्वाह गरेर चर्चामा आएकी कृतिका कम्राले रामै्र प्रसंसक कमाएकी छिन् । बेला बेलामा प्रकाशित हुने उनका हट तस्बिरले पनि प्रसंसकहरुलाई सन्तुष्ट बनाउने गरेको छ । पछिल्लो समय उनी एमटीभीमा रियालीटि शो सञ्चालन गर्दैछिन् ।

पारुल गुलाटी :  हिन्दी सिरियल ‘कितने मोहबत है’ वाट चर्चामा आएकी थिईन् पारुल गुलाटी । समुन्द्र किनारमा बसेर कामुक फोटो सुट गरेपछि उनको चर्चा झन् बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?