१२ माघ, नवलपरासी । नवलपरासीको तम्सरिया ५ फूलबारी चोकमा आइतवार राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौंका लागि छुटेको बसले तम्सरिया ५ फूलबारीमा पैदल यात्री स्थानीय २९ बर्षीय हरिबहादुर थारुलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधन पत्ता नलागेकेा भन्दै स्थानीयले नवलपरासीको तम्सरिया ५ फूलबारीमा गरेको चक्काजाम राति १२ बजेपछि खुलेको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार ठक्कर दिने बस ना ४ ख ६४ ९७ नम्बरको बसलाई गैडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएपछि अवरुद्ध सडक करिब तीन घण्टा पछि खुलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4