+
+
Shares

इजरायली सेनाको क्याम्पमा हिजबुल्लाको हमला

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १५ गते ८:४१

israel_hizbullah

१५ माघ, काठमाडौं । इजरायली सेनाको सैन्य क्याम्पमा हिजबुल्लाह विद्रोहीले आक्रमण गरेका छन् । आक्रमणबाट दुई सैनिक समेत गरी ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खटिएका स्पेनका एक सेना समेत रहेको बीबीसीले जनाएको छ । हिजबुल्लाहको आक्रमणबाट ७ सैनिक घाइते भएका छन् ।

यसको जवाफमा दक्षिणी लेबनानस्थित हिजबुल्ला प्रभावित क्षेत्रमा इजरायलले गोलाबारी गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले हिजबुल्लाहले आक्रमणको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

हिजबुल्लाहले १० दिन अघि सीरियामा इजरायली सेनाले गरेको हवाई हमलाबाट आफ्ना ६ लडाकु मारिएकोले त्यसैको बदला लिन आक्रमण गरेको बताएको छ ।

संयुक्त राष्ट्रसंघले सरकार र विद्रोही दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ । स्थिति थप गम्भीर बन्ने देखिएपछि राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बस्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?