Comments Add Comment

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले लिए सन्यास

Deepak Bista Retirement (14)

१७ माघ, काठमाडौं । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले शनिबार सक्रिय खेल जीवनबाट सन्यास लिएका छन् । सन्यास घोषणासँगै उनले अब ‘तेक्वान्दोमा आफूभन्दा राम्रा खेलाडीहरु जन्माउन प्रशिक्षणमा लाग्ने बताए ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा झण्डै दुई दशक लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गरे । कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा विष्टलाई भक्स वागन कार उपहार दिइएको थियो ।

बाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले विष्टलाई गाडीको साँचो हस्तान्तरण गरे । साढे ३३ लाख पार्ने कारको कर सरकारले मिनाह गरेको छ भने बाँकी रकम विभिन्न संस्था र व्यक्तिले संकलन गरेका हुन् ।

Deepak Bista

सन्यासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विष्टले नेपाली खेलकुद क्षेत्रबाट टाढा नरहने बताए । ‘आजबाट नयाँ अध्याय सुरु भएको छ’ उनले भने-‘मेरो पहिलो रोजाई तेक्वान्दो नै हुनेछ । तर, समयले के भूमिका दिन्छ ?’

अबको बाटो चुनौतीपूर्ण रहेको भन्दै उनले आफूभन्दा राम्रा खेलाडीहरु जम्माउन सके मात्र आफ्नो सफलता हुने बताए ।

दक्षिण एसियाली खेदुकद सागमा कीर्तिमानी चार स्वर्ण जितेका विष्ट २०१० मा बंगलादेशमा भएको ११ औं साग गेम्सपछि रिङमा उत्रिएका छैनन् । एसियन्स गेम्समा दुई काश्य जितेका विष्ट ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी हुन् ।

Deepak Bista Retirement (28)

आफ्नो लागि हरेक पदक उत्तिकै महत्वपूर्ण रहेको भन्दै उनले ११ औं सागमा चौथो स्वर्ण जितेको र ओलम्पिक खेलेको क्षण विशेष भएको बताए ।

कार्यक्रममा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले विष्ट धेरै खेलाडीहरूरूका लागि प्रेरणाको श्रोत भएको बताए । सन्यासपछि विष्टले प्रशिक्षक र कुशल व्यवस्थाकपका रूपमा नेपाली खेलकुदलार्इ थप उचाइमा पुर्याउने उनको विश्वास थियो ।

Deepak Bista Retirement (27)

Deepak Bista Retirement (17)

Deepak Bista Retirement (20) Deepak Bista Retirement (32)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment