+
+

सुष्माको ‘चलेछ बतास सुस्तरी’

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १८ गते १०:२७

chalecha-batash-sustari
चलचित्रको पर्दामा अभिनय भन्दा आइटम नृत्यमा नै जमेकी नायिका सुष्मा कार्की अब ‘चलेछ बतास सुस्तरी’मा देखिने भएकी छिन् । चलचित्र लेखक प्रदिप भारद्धाजले बनाउन लागेको यो चलचित्रको शुभसाइत गरिएको छ ।

अरुण फिल्मस्को प्रोडक्शनमा तयार हुन लागेको यो चलचित्रलाई नव-निर्देशकद्धय सब्बु सुवेदी र अनिला खड्काले संयुक्त रुपमा निर्देशन गर्दैछन् । चलचित्रमा सुष्मा कार्कीको साथमा प्रमोद भारद्धाज, पुष्प लुइटेल, नव-कलाकार अमित पलको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, विकास चौधरी र सन्तोष राजौरेको संगीत रहनेछ । यो चलचित्रको छायांकन माघको अन्तिम साताबाट गरिने जानकारी शुभसाइत समारोहमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?