+
+
Shares

अहिलेकै स्थितिमा संविधान जारी भए द्वन्द्व : कांग्रेस नेता खाँण

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते १२:५१

२० माघ, तुलसीपुर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राष्ट्रिय सहमतिको सरकार बनाएर सर्वस्वीकार्य संविधान जारी गर्नुपर्ने धारणा राखेका छन् । अहिलेकै परिस्थितिमा संविधान जारी भए देश द्वन्द्वमा जाने भएकाले शीर्ष नेताहरुले बेलैमा बुद्धि पुर्‍याउनु पर्ने उनको भनाइ छ ।

Balkrishna-Khan,-Dang

रिपोटर्स क्लब दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्री समेत रहेका खाँणले भने, ‘संविधानसभामा पक्ष विपक्ष हुनु दुभाग्र्यपूर्ण हो, कोही सडकमा र कोही प्रकृयाको पक्षमा भए मुलुकमा द्वन्द्व निम्तन सक्छ, राष्ट्रिय सहमतिको सरकार निर्माण हुनसके सर्वस्वीकार्य संविधान आउँथ्यो ।’

उनले संविधान कुनै धर्मग्रन्थ नभएको र समयसापेक्ष परिवर्तन गर्न सकिने हुँदा दलहरुले लचकता अपनाउनु बुद्धिमानि हुने बताए । उनले सरकारको नेतृत्वकर्ता आफ्नै पार्टी नेपाली कांग्रेस र सत्ता साझेदार एमालेलाई अधिकतम लचकताका एमाओवादी मोर्चासँग वार्ता गर्न उनले आग्रह गरे ।

देश सँधै संविधान विहीन रहन नसक्ने हुँदा वाध्य भएर प्रकृयामा जानु परेको भन्दै उनले प्रकृयासंगै सहमतिको प्रयास जारी राख्नुपर्ने आवश्यक्ता औंल्याए ।

‘अबरोधका वाबजुद प्रकृया अघि बढेको छ, तर सहमतिको लागि अधिकतम लचकताकासाथ वार्ताको थालनि हुनुपर्छ,’ उनले भने, ‘विपक्षी दलहरु पनि लचकताका साथ वार्तामा आउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?