सन् २०१४ को अन्तिम ३ महिनामा एप्पलले १८ अर्ब अमेरिकी डलर नाफा कमायो । एक त्रैमासिकमा कुनैपनि कम्पनीले कमाएको यो नाफा विश्वको सार्वजनिक कम्पनीको इतिहासमा अहिलेसम्मकै बढि हो ।
तथ्यांक अनुसार एप्पलले यति धेरै नाफा कुम्ल्याउनुको मुख्य श्रेय आइफोन सिक्स र आइफोन सिक्स प्लसलाई जान्छ । यी दुइ डिभाइसले एप्पललाई निकै उच्च स्थानमा धकेले । निकै सफल ठहरिएका यी दुइ फोन वास्तवमा एप्पलका सुरुवाती आइफोनहरु भन्दा निकै धेरै फरक छन् ।
र, अर्को कुरा, आइफोन सिक्स र सिक्स प्लस यस्ता दुइ डिभाइस हुन् जसले एप्पलका संस्थापक स्टिभ जब्सलाई गलत सावित गरिदिएका छन् ।
कसरी त ? इण्डिया टुडे लेख्छ- जब सन् २०१० मा ४.३ र ४.५ इन्चका एन्ड्रोइड स्मार्टफोन बजारमा आउन सुरु गरेका थिए तब जब्सलाई ठूलो स्त्रिmनका स्मार्टफोनको भविष्यका विषयमा सोधिएको थियो । जब्सले तत्कालै भनेका थिए, ‘ठूलो आकारका फोन कसैले पनि किन्नेवाला छैनन् ।’
त्यो बेला जब्सले एप्पलद्वारा ठूलो स्त्रिmनवाला फोन निर्माण गर्ने सम्भावनालाई पूरै इन्कार मात्र गरेका थिएनन् त्यस्ता डिभाइसलाई ‘हुम्मर’ भनि खिसिट्युरी गर्दै यस्ता ठूलो फोन उपभोक्ताको हातमा नअटाउने भएकाले त्यस्ता फोन नबिक्ने भविष्यवाणी समेत गरेका थिए ।
जब्सले त्यसो भनेको ५ वर्षपछि र सामसुङले ग्यालेक्सी नोट सार्वजनिक गरेको चार वर्षपछि आएर एप्पलले आफ्नो मनस्थिति बदल्यो । गएको वर्ष एप्पलले ४.६ इन्चवाला आइफोन सिक्स मात्र ल्याएन ५.५ इन्चवाला आइफोन सिक्स प्लस समेत बजारमा ल्यायो ।
एप्पलको यो प्रयोग निकै फलदायी रह्यो । सुरुमा ठूलो स्त्रिmनवाला फोनको विषयमा केही आशंका थिए । तर जब मानिसहरुले ठूलो स्त्रिmनवाला आइफोन पाए तब उनीहरुले अनुभुति गरे की ठूलो स्त्रिmनवाला फोनमा उनीहरुले अझ धेरै काम गर्न सक्छन् । जति ठूलो स्त्रिmन, सबै चिज उति धेरै राम्रो । ब्राउजिङ सजिलो, मूभी प्रष्ट, पढ्न सजिलो, गेम खेल्न आनन्ददायी ।
यद्यपि यस्तो सफलता पाउने कुराको विषयमा हात हाल्न एप्पलले सन् २०१४ सम्म आनाकानी गरिरहेको थियो । तर सन् २०१४ सँगै यस्तो अवस्था आयो की एप्पलका डाइ-हार्ड फ्यानहरुले समेत ठूलो स्त्रिmनवाला एन्ड्रोइड फ्याब्लेट किन्न सुरु गरे ।
अन्ततः एप्पलले बजारको वास्तविकता स्टिभ जब्सको विश्वास भन्दा बढि महत्वपूर्ण हुने कुरा महसुस गर्यो । आइफोन सिक्सको सफलताले पूरानो मोडेलको आइफोन बोक्नेहरुलाई नयाँ आइफोन किन्न लालायित मात्र बनाएन एन्ड्रोइड फोन चलाउन थालेका एप्पलका पूराना फ्यानहरुलाई समेत ‘घर र्फक अभियान’ मा सामेल बनायो ।
आइफोन सिक्स ठूलो स्त्रिmनकै कारण लोकपि्रय बन्यो । यद्यपि आइफोन सिक्सले जत्तिको लोकपि्रयता सिक्स प्लसले प्राप्त गर्न सकेन, तथापि सिक्स प्लसको बिक्रि पनि उच्च नै रह्यो । फलस्वरुप एप्पलले सन् २०१४ को अन्तिम ३ महिनामा मात्र ७ करोड ४५ लाख गोटा आइफोन बेच्न सफल भयो ।
जब्स वास्तवमा महान द्रष्टा थिए । सायद आधुनिक विश्वमा भएका मध्ये उनी सबैभन्दा धेरै ‘भर्साटाइल प्रडक्ट म्यान’ समेत हुन् । उपभोक्ताले के रुचाउँछन् र के रुचाउँदैनन् भन्ने कुरा पत्ता लगाउने अद्वितीय क्षमता उनमा थियो । वास्तवमा उनी झण्डै एक भविष्यद्रष्टा नै थिए, जसका कारण उनले बजारमा राम्रो प्रभाव पार्नसक्ने प्रडक्टको पहिचान गरे । तर उनी पनि मानिस नै त थिए । कहिल्यै गल्ती नगर्ने इश्वर उनी परेनन् । कम्तिमा ठूलो स्त्रिmनको फोनका मामिलामा उनी गलत सावित भए । तिन महिनामा एप्पलले कमाएको १८ अर्ब डलर नाफा यसकै उदाहरण हो ।