+
+

प्रस्तावित राजदूत उपाध्याय र कार्कीको नाम अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १३:५०

Dip kumar and Arjun karki

२१ माघ, काठमाडौं । संसदीय सुनुवाई विषेश समितिले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र अमेरिकाका लागि प्रस्तावित अर्जुनकुमार कार्कीको नाम अनुमोदन गरेको छ ।

समितिको बुधबार बसेको बैठकमा प्रस्तावित राजदूतद्वय उपाध्यय र कार्कीसँग सुनुवाइ गरेको थियो । सुनुवाइपछि प्रस्तावित नाम अनुमोदन भएको संसदीय सुनुवाइ विषेश समितिले जनाएको छ ।

संसदीय समितिको अनुमोदनपछि अब नियुक्तिका लागि बाटो खुलेको छ । मन्त्रिपरिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सत्तारुढ कांग्रेस र एमालेवीच भागबण्डा मिलेपछि सरकारले माघ २ गते उपाध्याय र कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?