+
+
Shares

साढे ७ सय प्रतिशतले बढ्यो जनता बैंकको नाफा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १४:१५

Janata-banka
२१ माघ, काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तमा जनता बैंकले गत वर्षको यसै अवधिको भन्दा ७ सय ६३ प्रतिशत बढी नाफा कमाएको छ । २०७० पुसमा १ करोड २६ लाख रुपैयाँ नाफा कमाएको बैंकले ०७१ पुसमा १० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैदेशिक मुद्रा कारोबारबाट हुने आम्दानीमा भएको वृद्धि, खुद व्याज आम्दानीमा भएको वृद्धि र संभावि जोखिा व्यवस्थाका लागि छुट्याइएको उल्लेख्य रकम फिर्ता (राइटव्याक) गरेपछि बैंकको नाफा उच्चदरले बढेको हो ।

गत वर्षको पुसमा बैदेशिक मुद्राको कारोबारमा ७ करोड रुपैयाँ नोक्सानी व्यहोरेको बैंकले यो पुसमा यस्तो कारोबारबाट २ करोड २२ लाख रुपैयाँ कमाएको छ ।

त्यसैगरी, गत वर्षको पुसकोभन्दा यो पुसमा ६ करोड रुपैयाँ बढी खुद व्याज आम्दानी गरेको छ । ०७० पुसमा २५ करोड ३८ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले ०७१ पुसमा ३१ करोड ३७ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । त्यस्तै, गत वर्षको पुसमा कति पनि रकम राइटव्याक नगरेको बैंकले यो वर्षको पुसमा ११ करोड ५८ लाख रुपैयाँ राइटव्याक गरेको छ ।

प्रमुख कार्यकारी अधिकृतमा डा. रमेश भट्टराई आएपछि बैंकमा सुधार आइरहेको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत विजय पन्तले बैदेशिक मुद्राको कारोबारलगायतमा ९ करोड रुपैयाँ डुबाएका थिए ।

बैंकको खराब कर्जाको अनुपात ०.८६ छ  । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च ४८ प्रतिशत बढेको छ । बैंकको कोषको लागत घटेर ५.१६ मा सिमित भएको छ । बैंकसँग २ करोड ५६ लाख रुपैयाँ मात्रै सञ्चिती छ ।

बैंकको यो अवधिमा कर्जा लगानी ४२ प्रतिशतले र निक्षेप ३९ प्रतिशतले बढेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको छ ।  बैंकले रियल इस्टेट कर्जा १ अर्ब ३ करोड रूपैयाँ  छ । यो कुल कर्जाको ५.६३ प्रतिशत हो । असोजमसान्तमा बैंकको सञ्चालन नोक्सान दुई करोड १० लाख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?