+
+
Shares

जंगलको राजा सिंहलाई भैँसीले लखेटेपछि….(फोटोकथा)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते ९:००

lain and bafelo (1)

ऐन मौकामा मै हुँ भन्नेले पनि आफुभन्दा कमजोर ठानिएकाहरुसँग नराम्ररी झुक्नुपर्छ भन्ने उदाहरण एउटा सिंहले भोगेको छ । जंगलको राजा सिंहले आफ्नै आहारा ठानिएका भैँसीबाट ज्यान जोगाउन त्रसित भएर भाग्नुपरिरहेको दृश्य साँच्चीकै रोचक मात्र छैन मननीय पनि छ ।

केन्याको मसाइ मारा राष्ट्रिय वन्यजन्तु आरक्षमा जंगली भैँसीको सिकार गर्न गएको एक जोडी सिंहमाथि भैँसीको बथान नै जाई लागेपछि झण्डै सिंहको ज्यानै गएन । धन्य ऊ ज्यान जोगाएर भाग्न सफल भयो । आफ्नो शत्रु सिंह आफुहरुसँग पराजित भएर भागेपछि भैँसीहरु पनि के कम ? उसलाई अलि परसम्मै लखेटे ।

जंगल सफारीका क्रममा हालै दुइजना फोटोग्राफरले यो दुर्लभ दृश्यलाई आफ्नो क्यामरामा कैद गरेका हुन् ।

भाले सिंहको सहारा पाएको पोथी सिंहिनी भैँसीको सिकार गरेर आहारा बनाउने प्रयास स्वरुप भैँसी चरिरहेको स्थानतर्फ गएर आक्रमणको प्रयास गर्यो । तर आफ्नो नजिक सिकारी आएको भैँसीहरुले चाल पाए । सबै भैँसीका बथान आफ्नो शत्रु सिंहमाथि एकजुट भएर प्रत्याक्रमणमा उत्रिने निधो गरे । त्यो सँगै डरलाग्दा सिङ भएको टाउको हल्लाउँदै भैँसीहरु त्यो सिंहिनी र उसको भाले सिंहमाथि जाइ लाग्न थाले । सबै भैँसी धुइरिएपछि ज्यानै जाने ठानी सिंह र सिंहिनी डराए भागे ।

सिंहिनी तरुनी थिइ त्यसैले अलि जोडसँग दौडेर लुक्न सफल भई । तर बुढो सिंह भने खासै दौडिन सकिरहेको थिएन । ऊ आफ्नै आहाराको अगाडि अगाडि डराउँदै लखतरान भएर भागिरहेको थियो । उसको आँखामा त्रास स्पष्ट देखिन्थ्यो

 

lain and bafelo (2)

lain and bafelo (3)

lain and bafelo (4)

lain and bafelo (5)

lain and bafelo (6)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?