+
+
Shares

चौतारीको पुरस्कार क-कसले पाए ?

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते १०:०५

२२ माघ, काठमाडौं । प्रेस चौतारी नेपालले स्थापना गरेका ४ पुरस्कार १७ औं स्थापना दिवसका अवसरमा विहीवार घोषणा गरिएका छन् ।

यस वर्षको हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार तीर्थ कोइरालालाई दिइने भएको छ । २५ हजार रुपैयाँ राशीको सो पुरस्कार पाउने कोइराला कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।

त्यस्तै अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार अर्का पत्रकार गोविन्द पोखरेललाई प्रदान गरिने भएको छ ।

वीरेन्द्र साह युवा क्रियाशिल पत्रकारिता पुरस्कार यस वर्ष संखुवासभाका पत्रकार महासंघका अध्यक्ष छेटु शेर्पाले दिने घोषणा भएको छ । अन्नपूर्णपोष्टका संवाददाता समेत रहेका शेर्पा प्रेस चौतारी संखुवासभाका अध्यक्ष पनि हुन् ।

press-chautariयसैगरी डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रोल्पाकी क्रियाशिल पत्रकार ईश्वरी घर्तीमगरलाई प्रदान गरिने चौतारीका महासचिव माधव नेपालले बताएका छन् ।

चौतारीको सत्रौं स्थापना दिवसका अवसरमा विहीवार आयोजित कार्यक्रममा पुरस्कार पाउने व्यक्तिको नाम अध्यक्ष राजेन्द्र अर्यालले घोषणा गरेका थिए ।

यी पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवसका दिन प्रदान गरिनेछन् । त्यस्तै चौतारीका मोरङ, चितवन, दाङ, कास्की र दार्चुला शाखालाई उत्कृष्ट शाखा घोषित गरी पुरस्कार दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?