+
+
Shares

प्रचण्ड आज इटहरीमा बास बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते ११:१८

२३ माघ, काठमाडौं । राजधानी छाडेर ‘जनतामा जाने’ निर्णय गरेका एमाओवादी अध्यक्ष प्रचण्ड आज शुक्रबार राति सुनसरीको इटहरीमा बास बस्ने कार्यक्रम छ । प्रचण्ड र नारायणकाजी श्रेष्ठलगायतका नेताले पूर्वीकमाण्डका नेता-कार्यकर्तालाई इटहरीको रिजाल पार्टी प्यालेसमा शुक्रबार दिउँसो प्रशिक्षण दिने कार्यक्रम छ ।

‘प्रशिक्षणमा कोचिला, लिम्बुवान र किरात राज्य समितिका करिब १५ सय नेता कार्यकर्ताको सहभागिता हुनेछ,’ एमाओवादी मोरङका अध्यक्ष गोपी अछामीले अनलाइनखबरसँग भने- ‘प्रशिक्षणमा गाउँ पार्टी अध्यक्ष र सोभन्दा माथिल्लो कमिटीका नेताहरुलाई बोलाइएको छ ।’

अछामीका अनुसार प्रशिक्षण कार्यक्रममा एमाअेावादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजीका साथै केन्द्रीय नेताहरु हरिबोल गजुरेल, गोपाल किराती, राम कार्की र लोकेन्द्र विष्टलगायतको सहभागिता रहेन छ ।

प्रशिक्षण सकेपछि इटहरीमै बास बसेर शनिबार प्रचण्डको टोली जनकपुर जाने कार्यक्रम छ । शनिबार जनकपुरमा मिथिला क्षेत्रका अगुवा नेता कार्यकर्तालाई प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम छ ।

प्लेन ‘डिले’ हुँदा राष्ट्रपतिसँग छलफल लम्बियो

एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी शुक्रबार बिहान १० बजे नै बुद्ध एयरको विमानबाट बिराटनगर जाने कार्यक्रम तय भएको थियो । तर, ९ बज्दानबज्दै शीतलनिवासमा राष्ट्रपति भेट्न पुगेका दुबै नेता करिब दुई घण्टा शीतलनिवासमै अल्मलिए ।

‘मौसमको खराबीका कारण प्लेन ‘डिले’ भएकाले शीतलनिवासको बसाइ लम्बिएको हो,’ प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने, ‘शीतलनिवासबाट सोझै एयरपोर्टतिर लागियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?