+
+
Shares

बाघ र गैंडाका लागि नेपाल सुरक्षित घर बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते १५:०४

siposium

२३ माघ, काठमाडौं । विश्वमै दूर्लभ बन्दै गएको बाघ र गैंडाका लागि नेपाल सुरक्षित घर बनेको निष्कर्ष निकालिएको छ । शून्य शिकार (जिरो पोचिङ) मा नेपालले लगातार दुई वर्ष सफलता पाएपछि यो निष्कर्ष निकालिएको हो ।

काठमाडौंमा चार दिनसम्म भएको अन्तर्राष्ट्रियस्तरको ‘सिम्फोजियम’ले नेपाल शून्य शिकारको सफतालतर्फ उन्मुख भएको र बाघका लागि सुरक्षित वासस्थान बन्दै गएको निष्कर्ष निकालेको विश्व वन्यजन्तु कोषका कार्यक्रम निर्देशक डा.घनश्याम गुरुङले जानकारी दिए ।

‘जिरो पोचिङ, हामी संरक्षणकर्मीहरुको ठूलो सपना थियो, नेपाल विश्वमै यसका लागि उदाहरण बन्न सफल भएको निष्कर्षले हामी खुसी भएका छौं,’ गुरुङले भने, ‘अब हामी आईयुसीएनको ग्रीनपार्क लिस्टिङतर्फ अघि बढेका छौं ।’

Tigerशून्य शिकारका लागि मुख्यतः ओटा पिलरमा रहेर काम गर्नुपर्ने निष्कर्ष निकालिएको छ । प्रबिधि, सहकार्य, कानुन कार्यान्वयन, सामुदायिक सहभागिता जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

यो अन्तर्राष्ट्रिय सिम्पोजियमले चितवन राष्ट्रिय निकुन्जलाई बाघ संरक्षणका लागि सबैभन्दा उपयुक्त स्थानको मान्यता दिएको छ । सम्मेलनले चितवन राष्ट्रिय निकुजन्जलाई कन्जरभेशन एस्योर्ड टाइगर स्टाण्डर्ड (क्याट)को मान्यता दिएको हो ।

‘यो एशियाभरिमै वन्जन्तु चोरी शिकारीको अन्त्यको शुरुवात हो,’ विश्व वन्यजन्तु कोषका नेता माइक बाल्टरले भने ।

अब चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैंडाको सुरक्षित घर बनेको छ । तर यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ ।

सिम्पोजियममा नेपाल लगायत एशियाका १३ मुलुकका संरक्षणकर्मी तथा सरकारी अधिकारीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?