+
+

अपहरणमा परेका दुई व्यवसायीको ६ दिनपछि सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते ११:३५

२३ माघ, झापा । छ दिनअघि अपहरणमा परेका झापाका दुईजना अलैँची व्यवसायीलाई शुक्रबार अपराह्न प्रहरीले सकुशल उद्धार गरेको छ ।

उद्धारका क्रममा भएको भिडन्तमा एक प्रहरी सहायक निरीक्षक र एकजना अपहरणकारी घाइते भएका इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

उनका अनुसार व्यवसायीहरु बिर्तामोड निवासी सुनिल विन्दल र काँकरभिट्टा निवासी बज्रङ्ग अग्रवाललाई प्रहरीले झापाको धरमपुर–२ स्थित कन्दङ्वा माइलाको घरबाट उद्धार गरेको हो  अपहरणमा संलग्न तीन भारतीय नागरिकसहित चारजनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी सहायक निरीक्षक राजेन्द्र चौहान भिडन्तको क्रममा घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागि अपहरणकारी भारत आसामका २४ वर्षीय फौद तामाङ घाइते भएको जनाइएको छ ।

उद्धारका क्रममा प्रहरीले चार राउन्ड र अपहरणकारीले एक राउन्ड गोली चलाएको बताइएको छ । घाइते दुवैजनाको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

अन्य अपहरणकारीको नाम प्रहरीले सार्वजनिक गरेको छैन । माघ १८ गते आइतबार साँझ ५ बजे भारतको सिलगढी हिँडेका विन्दल र  काँकरभिट्टा निवासी अग्रवाल एकाएक बेपत्ता बनेका थिए । विन्दल र अग्रवाल बेपत्ता बनेसँगै उनीहरुका परिवार चिन्तामा डुबेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?