+
+
Shares

चीनको सपिङमलमा आगलागी, १७ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २४ गते ८:२७

shopping_mall
२४ माघ, काठमाडौं । दक्षिण चीनको एक सपिङ मलमा आगो लाग्दा १७ जनाको मृत्यु भएको छ । गुआंगदोङग प्रान्तको हुईझो शहरमा आगो लागेको हो । घटना अनुसन्धानका लागि शपिङ मलका ९ प्रवन्धकलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार एक बालक लाइटरसँग खेल्दा खेल्दै आगो लागेको थियो । त्यसपछि भागदौडा मच्चिदा धेरैको मृत्यु भएको हो ।

आगो निभाउने क्रममा चार जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । आगो निभाउन २ सय दमकल प्रयोग गरिएको थियो । ६ घण्टाको प्रयासपछि आगो निभाइएको थियो ।

गत बर्षको जून महिनामा पनि उत्तरी चीनको एक पोल्ट्री र्फममा आगो लाग्दा १ सय २० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?