२४ माघ, काठमाडौं । एसपीए कप क्रिकेटको उपाधि न्यू होराइजन कलेज भैरहवाले जितेको छ ।
शनिबार भएको फाइनलमा न्यू होराइजनले सनसाइन कलेज भैरहवालाई ७ रनले पराजित गर्दै उपाधिसहित ५ लाख हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ थालेको न्यू होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो । उसका लागि सोमपाल कामीले सर्वाधिक ४० रन बनाए । २९ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का हाने ।
सन्दिप सुनारले २१ ब्लमा पाँच चौका र एक छक्काको मदतमा ३४ रन बनाए । निर्मल थापाले २६, शौरभ खनालले २४ र प्रकाश केसीले २३ रन बनाए ।
सनसाइनलका दीपेन्द्र यादवले २ विकेट लिए । मनबहादुर थापा, सुवोध श्रीनिवास र शवन अलीले समान १-१ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको सनसाइन १९.५ ओभरमा १६४ रन जोड्दा अलआउट भयो । अन्तिम २ ओभरमा उसलाई २५ रन चाहिएको थियो र दुई विकेट थियो । तर, १८.६ ओभरमा सोमपाल कामीले शावाज खानको विकेट लिए भने १९.५ ओभरमा शौरभ खनालले सवन अलीको विकेट लिँदै न्यू होराइजनलाई उपाधि दिलाए ।
सनसाइनका लागि सुबोधले ४६ रन बनाए भने मायांक यादवले ४४ र अन्तिम थापाले ३७ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
न्यू होराइजनलाई उपाधि दिलाउने क्रममा शक्ति गौचन र शौरभ खनालले समान ३-३ विकेट लिए । सोमपाल कामी र सुसन भारीले एक-एक विकेट लिए । शौरभ क्यान अफ दि म्याच बने ।
प्रतियोगितामा न्यू होराइजनका शौरभ खनाल प्लेयर अफ दि सिरिज बनेका छन् । कैलाली बहुमुखी क्याम्पसका विपिन रावल राइजिङ प्लेयर, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विनोद लामा उत्कृष्ट फिल्डर, पेन्टागनका राहुल विक उत्कृष्ट बलर तथा सुनराइजका अमृत श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । सनसाइनका मायांक यादव उत्कृष्ट विदेशी खेलाडी बनेका छन् ।
प्रतिक्रिया 4