+
+
Shares

समानान्तर सरकार चलाउने प्रचण्डको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २४ गते १९:२३

Prachanda-Speaks-to-Media-after-PDCC-Meeting

२४ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानान्तर सरकार चलाउने चेतावनी दिएका छन् ।

शनिबार जनकपुरमा भएको मध्य कमाण्ड अन्तरगत मिथिला भोजपुर राज्य समिति कार्यकर्ता प्रशिक्षणमा उनले बल सत्तारुढ दलहरुको कोर्टमा रहेका बताए । ‘पहिलो चरणको अन्दोलनबाट पनि हाम्रा कुरा सुनिएन भने दोस्रो चरणमा क्रियात्मक आन्दोलन गर्छौं’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने-‘त्यसबेला स्थानीय स्तरमा समानान्तर सरकार चलाउँछौं ।’

प्रशिक्षणअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री र सरकारमा भएका पार्टीहरुले शान्ति सम्झौता र आन्दोलनका सहयात्रीहरुको सहमतिबाटै संविधान बनाउने सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने बताए ।

उनले भने-‘सरकारवादी पार्टीहरुको कोर्टमा छ बल । उहाँहरुले जति छिटो त्यति छिटो गाठो पुक्छ ।’

उनले कांग्रेस र एमालेले बहुमतको बलमा संविधान जारी गर्न खोजेर इतिहास उल्टाउने प्रयास गरेको दाबी गरे ।

एमाओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि राष्ट्रपतिले गरेको पहल सकारात्मक भएको बताए । राष्ट्रपतिले आफूलाई सहमतिबाटै संविधान जारी हुने विश्वास दिलाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?