+
+
Shares

१२ लाख ग्राहकसँग सीम टीभी पुर्‍याउँदै छौं

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते ११:१८

सन् २०१५ सम्म सवै केवुल टीभी सेवा प्रदायकहरु डिजिटलमा जानुपर्ने इन्टरनेशनल टेलिकम्युनिकेशन युनियनको निर्णयपछि यतिबेला नेपालमा धमाधम केवुल टीभी डिजिटलमा अपग्रेड हुने प्रकृया सुरु भएको छ । जसका लागि सूचना तथा संचार मन्त्रालयबाट मल्टिपल सर्भिस अपरेटर (एमएसओ) इजाजत लिइ बिभिन्न कम्पनीहरुले काम सुरु गरेका छन् । तिनै एमएसओमध्येको एक हो- सीम टीभी । जसले ग्राहकलाई निःशुल्क सेटअप बक्स वितरण गरी बिद्यमान केवल अपरेटरमार्फत् नै आफ्नो सेवा सुरु गरेको छ । के हो सीम टीभी ? के यसले ग्राहकलाई अतिरिक्त आर्थिक भार थपिदिन्छ ? यसको नालीवेली लिएका छौं कम्पनीका प्रबन्ध निर्देशक एमके पौडेलसँग ।

Mk poudle2सिम टिभी भनेको के हो ?

छोटकरीमा भन्नुपर्दा सिम टीभी डिजिटल टेलिभिजन प्याकेजसहितको इन्टरनेटको बण्डल हो । सरकारले २०१५ देखि महानगरपालिका र उपमहानगरपालिकाभित्र टेलिभिजन प्रसारण डिजिटल गर्नुपर्छ भन्ने नीति लिइसकेको छ । त्यही कारण केवलमार्फत् टेलिभिजन हेरिरहेका सवैजसो ग्राहकले अब सेटअप बक्स जोडेर डिजिटल प्रबिधिमा लैजानु अनिवार्य हुन्छ । डिजिटल सेवा संचालन गर्नका लागि नै सिम टिभीले सञ्चार मन्त्रालयसँग मल्टिपल सर्भिस अपरेटर (एमएसओ) इजाजत लिएर सेवा सुरु गरिसकेको छ ।

तपाईहरुको सेवा लिन ग्राहकले कहाँ सम्पर्क गर्नुपर्छ ?

अहिले जुन केवल नेटवर्कबाट सेवा लिइरहनुभएको छ, उसैसँग सम्पर्क गरेर वा सीधै हाम्रो कार्यालयमा सम्पर्क गरेर सेवा लिन सक्नुहुनेछ । काठमाडाैंभित्र हाम्रो सेवा लिन स्पेसटाइम नेटवर्कसँग सम्पर्क गर्नुपर्ने हुन्छ भने उपत्यका बाहिरका लागि हामीले तोकेका डिलरहरूमा सम्पकर्क गर्नुपर्छ ।

सीम टीभीले कसरी काम गर्छ ?

सिम टिभिको सेवा नेपालका प्रत्येक शहरमा हाल भइरहेका केवल नेटवर्कबाट नै उपभोक्ताले प्राप्त गर्न सक्नेछन । जसकारण कुनै पनि केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सिम टिभीका प्रतिस्पर्धी होइनन् । उनीहरुको सञ्जाल विस्तार र विकास गर्न आवश्यक पर्ने अप्टिकल फाइबरलगायत हामी निःशुल्क दिन्छौं । किनभने उहाँहरुले २० औं वर्षदेखि लगानी गर्नुभएको छ । र, उहाँहरुसँग आफ्नै ग्राहकहरु पनि छन् ।
सिम टिभीले डिजिटल टेलिभिजनसहित इन्टरनेटको प्याकेज केवल टेलिभिजनको नेटवर्कबाट नै उपभोक्तामाझ पुर्‍याउने हो । ग्राहकले गरेको रिचार्ज कार्डमा हामीले प्रतिशत सेयरिङ गर्छौं । केवल टेलिभिजन सञ्चालकहरुका लागि सिम टिभीसँग जोडिएर अहिलेसम्म गरेको मिहेनतलाई बसीबसी आफ्नो व्यवसायलाई ‘फ्रुटफुल’ बनाउने अवसर हो ।

सिम टिभीको सेवा लिँदा ग्राहकलाई के फाइदा हुन्छ र केवल नेटवर्कलाई के फाइदा हुन्छ ?

ग्राहकले बिना कुनै लगानी डिजिटल क्वालिटीको टीभी हेर्न पाउनुहुन्छ । सरकारले डिजिटलाइज गर्ने भनिसकेको अवस्थामा सर्वसाधारणले सेटअप बक्समा लगानी गर्नुपथ्र्यो । तर, हामी सेटअप बक्स नै निशुल्क उपलब्ध गराउँछौं । एउटा सेटअप बक्सको बजार मूल्य करिव ५ हजार रुपैयाँ पर्छ ।

अर्को कुरा, मासिक साढे २ सय रुपैयाँ तिरेर ग्राहकले हाइ डिफिनेसनको ६० वटाभन्दा बढी च्यानल हेर्न पाउँछन । यो ग्राहकका लागि ठूलो फाइदा हो । अहिले साढे ३ सय रुपैयाँ तिरेर पनि ५०/६० वटा च्यानल नै हेर्ने हो । सेटअप बक्समा भएको हार्डडिस्कमा आफूलाई मन परेको कार्यक्रम रेकर्ड गरेर आफूलाई अनुकुल भएको समयमा ग्राहकले हेर्न सक्नेछन ।

अहिले ग्राकले पाँच वटा च्यानल हेरे पनि र ६० वटा च्यानल हेरे पनि ३ देखि साढे ३ सय रुपैयाँ तिर्नुपर्छ । तर, सिम टिभीको सेवा लिने ग्राकहले जति च्यानल एक्टिभेट गर्छन, त्यसको मात्रै पैसा तिरे पुछ । यदि सेटअप बक्स बिगि्रयो भने हामी निशुल्क अर्को सेटअप बक्स उपलब्ध गराउँछौं । भौतिक क्षति र हराएको खण्डमा भने ग्राहकले किन्नु पर्छ ।

सेटअप बक्स र अप्टिकल फाइबर बिना डिजिटलाईज हुनै सक्दैन । यी दुबै हामीले निःशुल्क दिन्छौं । डिजिटलाइज भनेको सबै च्यानलको क्वालीटी एकै स्तरमा हुने हो । जुन अहिले छैन । सिम टीभीसँग सहकार्य गरेर ग्राहकलाई सेटअप बक्स दिँदा केवल अपरेटरले पनि आफ्नो बजार विस्तार गर्ने अबसर पाउँछन्।

ग्राहकले अर्को कम्पनीको सेवा लिनु पर्‍यो भने सेटअप बक्स फिर्ता गर्नुपर्छ कि पर्दैन ?

पर्छ । ग्राहकले जुन कम्पनीको सेवा लिन्छन, त्यही कम्पनीले सेटअप बक्स उपलब्ध गराइहाल्छ नि ।

एउटा सेटअप बक्सबाट कतिवटा टीभीमा हेर्न सकिन्छ ? संख्या थपिंदा पनि मूल्य थपिने हो कि साढे २ सयमै हेर्न पाइन्छ ?

एउटा सेटअप बक्सबाट एउटा टिभीमात्र हेर्न सकिन्छ, त्यसका लागि ग्राहकले अढाई सय रुपैयाँ तिरेपुग्छ । थप टिभी हेर्नु परेमा बक्स अनुसार थप पैसा लाग्नेछ । एकै घरमा थपिएका सेटअप बक्सको कति चार्ज लिने भन्ने अझै निर्धारण गरिसकेका छैनौ ।

फाइबर र सेटअप बक्स निशुल्क बाँड्दा लगानी पनि ठूलै हुन्छ होला । त्यसमाथि मासिक शुल्क पनि कम गर्ने भन्नुहुन्छ । फाइदाचाहिँ कसरी लिनुहुन्छ ?

ग्राहक संख्या बढेपछि मात्रै हामीले नाफा खोज्छौं । अहिलेको हाम्रो उद्देश्य भनेको ग्राहक संख्या बढाउने नै हो । विश्वको ट्रेन्ड हेर्‍यो भने पनि सेटअप बक्स निःशुल्क नदिइ यस्तो व्यवसाय सञ्चालन भएको छैन । ग्राहकले एक दिनको रिचार्ज कार्ड लिएर एक दिनमात्रै हाम्रो सेवा लिन पनि सक्छन । एक वर्षको रिचार्ज पहिल्यै गर्छु भन्यो भने हामी दुई महिनाको सेवा बोनस दिन्छौं ।

सिम टिभीलाई बजारमा टिक्न कुनै गाह्रो छैन । यो कम्पनी भनेको विदेशी पब्लिक कम्पनीसँगको संयुक्त लगानीमा खोलिएको कम्पनी हो । निजी कम्पनीले जस्तो २/४ वर्षमै नाफा खाजेका छैनौं । १२ वर्षपछि मात्रै हामी नाफा खोज्छौं ।

कुन-कुन केवल अपरेटरसँग सम्पर्क गर्दा सीम टीभीको सेवा लिन सकिन्छ ?

हामीले काठमाण्डौमा स्पेसटाइम नेटवर्कसँग सम्झौता गरेका छौं । यदि ग्राहकले अन्य कुनै कम्पनीको केवल जोड्नु भएको छ भने हाम्रो सेवा लिन सेवा लिइरहेको संस्था परिवर्तन गरेर स्पेसटाइमसँग जोडिनु पर्ने हुन्छ । त्यसैगरी, बागमती, नारायणी, सगरमाथा र जनकपुरका लागि टप टाइम ट्रेडिंग प्रालि, गण्डकी र धाैलागिरीमा बीसी केवुल, सुदुरपश्चिमका लागि ड्रयागन ट्रेडर्स, बीरगञ्जका लागि एस्किना केवल, सगरमाथा अञ्चलका लागि द्राैपती केवल र मेची र कोशीका लागि पाथिभरा डिजिटल नेटवर्कसँग ग्राहकले सम्पर्क गर्न सक्नुहुने छ।

Mk poudle3सिम टिभीको प्रतिस्पर्धा कोसँग हो ?

कसैसँग पनि हाम्रो प्रतिस्पर्धा होइन । हामी आफैंसँग प्रतिस्पर्धी बन्ने छौं ।

तपाईहरुको सेवा शहरमा मात्रै हुन्छ कि गाउँमा पनि पुग्छ ?

हामीले सरकारसँग ७५ वटै जिल्लामा सेवा विस्तार गर्ने सम्झौता गरिसकेका छौं । र, कहाँ-कहाँ कसरी अप्टिकल फाइबरको संभाव्यता अध्ययन गरिरहेका छौं । नेपाल टेलिकमसँग मिलेर पनि सर्भे गरिरहेका छौं ।

नेपालमा यो पब्लिक कम्पनीकै रुपमा सञ्चालन हुन्छ कि प्राइभेट ?

हामीले त पहिल्यै पब्लिक कम्पनी हुन चाहेका थियौं । तर, त्यस्तो नीति नभएकाले पाएन । सरकारसँग हामी नेपालमा सेयर जारी गर्न र ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन मिल्ने प्रावधान मिलाओस भन्ने माग गरिरहेका छौं ।

वाषिर्क कति कारोबार गर्ने लक्ष्य छ ?

अहिले केवल नेटवर्कसँग भएका १२ लाख ग्राहकमाझ हाम्रो सेवा पुर्‍याउने सम्झौता भएको छ । जसकारण आगामी १८ महिनामा प्रतिग्राहक २ सय ५० रुपैयाँका दरले गर्दा मासिक ३० करोडको कारोबार हुन्छ । यसबाट भएको आम्दानीको ८० प्रतिशत च्यानललाई तिर्नुपर्छ । केवल र सिटीभीले ग्राहकले गरेको रिचार्जको रकमको कुनै प्रतिशत बाँड्ने हो ।

कसरी बजार विस्तार गर्दै हुनुहुन्छ ?

केवल अपरेटर साथीहरुसँग सेवा विस्तारको सम्झौता भइरहेको छ । बिहीबार प्रधानमन्त्री शुशील कोइरालाले उदघाटन गरेपश्चात १३ तारिकदेखि सेटअप बक्स जोड्न सुरु गर्छौ । हामीसँग अहिले साढे ३ लाख सेटअप बक्स छन । सेटअप बक्स र फाइबर दुबै विदेशी कम्पनीले नै निःशुल्क दिएको हो ।

इन्टरनेटको सेवाचाहीँ कसरी प्रदान गर्नुहुन्छ ?

हामीले अप्टिकल फाइबरबाट इन्टरनेट सेवा प्रदान गरिरहेका छौं । यो सबैभन्दा भरपर्दो माध्यम पनि हो । टेलिभिजन सेवामा बण्डल गरेको हुनाले बजारमा भएका इन्टरनेट सेवा प्रदायकहरुको भन्दा हामी २५ देखि ३० प्रतिशत कम शुल्कमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्छौं ।

कम्पनीमा कति लगानी छ ?

हाललाई कम्पनीमा कूल १० करोड रुपैयाँ लगानी छ । जसमा पाँच जना नेपालीको ५१ प्रतिशत नेपालीको र ४९ प्रतिशत विदेशी -बेलायतको) कम्पनी इमिरेटस इन्भेष्ट लिमिटेड कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?